close

नेपाल टेलिकम कर्मचारी नियुक्ति प्रक्रिया: जेनजी आन्दोलनले रोकिएको अन्तर्वार्ता २३ असोजदेखि

टेकपाना टेकपाना

असोज ७, २०८२ १४:१८

नेपाल टेलिकम कर्मचारी नियुक्ति प्रक्रिया: जेनजी आन्दोलनले रोकिएको अन्तर्वार्ता २३ असोजदेखि

काठमाडौँ । नेपाल टेलिकमले स्थगित गरेको कर्मचारी छनोट प्रक्रिया पुनः सुरु गर्ने भएको छ ।

जेनजी आन्दोलनका कारण २६ भदौमा सूचना जारी गर्दै स्थगित गरिएको अन्तर्वार्ता कार्यक्रम अब २३ असोजदेखि सुरु हुने भएको हो ।

टेलिकमले आन्तरिक प्रतिस्पर्धा र खुला दुवै तर्फबाट कर्मचारी छनोट प्रक्रिया अघि बढाउँदैछ ।

यसअन्तर्गत प्रबन्धक, उप-प्रबन्धक, वरिष्ठ इन्जिनियर (टेलिकम), वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ इन्जिनियर (सिभिल) र वरिष्ठ लेखा अधिकृत पदका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता २३ असोजदेखि २९ असोजसम्म सञ्चालन गर्ने जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८२ १४:२६