काठमाडौँ । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज नेपालमा आधिकारिक रूपमा भित्रिएको छ । ९ सेप्टेम्बरमा सार्वजनिक भई १९ सेप्टेम्बरदेखि विभिन्न देशमा बिक्री सुरु भएको यो सिरिज शुक्रबार नेपालमा पनि उपलब्ध भएको हो ।
नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले आईफोन १७ सिरिजका विभिन्न भेरियन्ट बजारमा ल्याएको छ । यस सिरिज अन्तर्गत फोनको सुरुवाती मूल्य एक लाख ५७ हजार २९९ रुपैयाँदेखि अधिकतम तीन लाख ९७ हजार ९९९ रुपैयाँसम्म तोकिएको छ ।
एप्पलले आईफोन १७ सिरिजमा नयाँ मोडेलका रूपमा आईफोन एयर पनि ल्याएको छ । समग्रमा कम्पनीले चार मोडेलका १२ भेरियन्ट नेपाली बजार भित्र्याएको छ ।
यस सामग्रीमा नेपाली बजारमा उपलब्ध आईफोन १७ सिरिजको मूल्यबारे जानकारी दिँदैछाैँ:
आईफोन १७
-
२५६ जीबी भेरियन्ट : रु. १,५७,२९९
-
५१२ जीबी भेरियन्ट : रु. १,९७,९९९
-
उपलब्ध रङ : कालो, सेतो, सेज, मिस्ट ब्लु, लेभेन्डर
आईफोन १७ एयर
-
२५६ जीबी : रु. २,००,९९९
-
५१२ जीबी : रु. २,४०,४९९
-
१ टिबी : रु. २,७९,९९९
-
उपलब्ध रङ : क्लाउड ह्वाइट, स्काइ ब्लु, लाइट गोल्ड, स्पेस ब्ल्याक
आईफोन १७ प्रो
-
२५६ जीबी : रु. २,२०,९९९
-
५१२ जीबी : रु. २,५९,९९९
-
१ टिबी : रु. २,९९,९९९
-
उपलब्ध रङ : कस्मिक अरेन्ज, डिप ब्लु, सिल्भर
आईफोन १७ प्रो म्याक्स
-
२५६ जीबी : रु. २,३९,९९९
-
५१२ जीबी : रु. २,७९,९९९
-
१ टिबी : रु. ३,१९,९९९
-
२ टिबी : रु. ३,९७,९९९
-
उपलब्ध रङ : कस्मिक अरेन्ज, डिप ब्लु, सिल्भर
योसँगै नेपाली उपभोक्ताले अब आईफोन १७ सिरिजका सम्पूर्ण मोडल आधिकारिक मूल्यमा नेपालमै पाउन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असोज १०, २०८२ १३:६
