काठमाडौँ । सरकारले बाढी पहिरोको विपद्बाट बच्न र सुरक्षित स्थानमा जान आग्रह गर्दै एकै दिन ५० लाख वटा म्यासेज पठाएको छ । जल तथा मौसम विज्ञान विभागले हिजो असोज १८ गते मात्रै ५० लाख म्यासेज पठाएको जनाएको छ ।
नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा हिजो दिनभर ५० लाख म्यासेज पठाइएको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले टेकपानालाई जानकारी दिएका छन् ।
पराजुलीले भने, "यो ठाउँमा जोखिम छ सचेत रहनुहोस् भन्दै हिजो दिनभर हामीले मानिसलाई सूचना दिने काम गर्यौँ, नेपाल टेलिकम र एनसेलका गरी ५० लाख म्यासेज पठायौँ । जनधनको क्षति कम गर्न यसले पनि ठूलो भूमिका खेलेको छ ।" पूर्व तयारी र सूचना प्रवाहमा गरिएका काम निकै प्रभावकारी भएको पनि पराजुलीले जानकारी दिएका छन् ।
पछिल्लो अध्यावधिक: असोज १९, २०८२ १८:३०
