ईभी एक्सचेन्ज मेला गर्दै एमएडब्लु वृद्धि, पुराना गाडी साटेर नयाँ ईभीमा अपग्रेड गर्ने अवसर
असोज २१, २०८२ १८:२५
काठमाडौँ । अटोमोबाइल समूह एमएडब्लु वृद्धिले चाडबाड लक्षित मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ । आउँदो शुक्रबार (२४ असोज) देखि तीन दिनसम्म गैरीधारास्थित एलिस रिसेप्सन र देशभरका दीपल, नामी र सेरेसका आधिकारिक शोरुमहरूमा एकसाथ एक्सचेन्ज मेला सञ्चालन हुनेछ ।
यो मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर नेपालकै सबैभन्दा स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड ईभीमा अपग्रेड गर्नसक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँमा आयोजना हुने मुख्य कार्यक्रममा ग्राहकहरूले दीपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडेलहरू एउटै स्थानमा अवलोकन गर्न र टेस्ट ड्राइभ गर्न पाउनेछन् ।
एक्सचेन्ज मेलामा ग्राहकहरूले नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसमार्फत् आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्यांकन गराउन सक्ने कम्पनीको भनाइ छ । यसका साथै, ग्राहकले एक्सचेन्जमा बोनस र नगद छुट पनि पाउनेछन् । यसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ पाउन सकिने बताइएको छ ।
यो कार्यक्रममा बुकिङ गर्ने हरेक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा नाइट स्टेको अफर पनि पाउनेछन् ।
एक्सचेन्ज कार्निभलमा पहिलो पटक अल्दा प्रिमियम इलेक्टिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिनेछ । साथै, नाडा अटो शोमा सो स्टपर बन्न सफल दीपल एस०५ र सेग्मेन्ट फस्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिनेछ ।
कार्निभलमा आगन्तुकहरूले ह्युमनोइड रोबोट सो, कार रेसिङ सिमुलेटर, किड्स जोन र इनडोर गेमका साथै रिफ्रेसमेन्टको मज्जा लिन सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १८:२७
