close

आजदेखि सुरु हुँदै दराजको अनलाइन सेल '१०.१०', ७०% सम्म छुट, सामान नक्कली परे ३ गुणा क्याशब्याक

टेकपाना टेकपाना

असोज २३, २०८२ ११:५८

आजदेखि सुरु हुँदै दराजको अनलाइन सेल '१०.१०', ७०% सम्म छुट, सामान नक्कली परे ३ गुणा क्याशब्याक

काठमाडौँ । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले तिहार सेलको रूपमा '१०.१० तिहार महोत्सव' घोषणा गरेको छ । यो वर्षको तिहारलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ घोषणा गरिएको यो महोत्सव आज बुधबार राति ८ बजेदेखि सुरु भई १६ अक्टोबर (३० असोज) सम्म चल्नेछ ।

यो सेलमार्फत उपभोक्ताहरूलाई विशेष अफरहरूको लाभ उठाउने अवसर प्रदान गर्न खोजिएको कम्पनीले जनाएको छ । दराजले यस महोत्सव मार्फत ७० प्रतिशतसम्मको छुटसहितका आकर्षक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ ।

यसक्रममा गरिएका अर्डरहरूको होम डेलिभरी निःशुल्क हुनेछ । १ लाख रुपैयाँभन्दा बढीको खरिदमा १० हजारसम्मका फ्ल्याट भौचरहरू पाउन सकिनेछ भने महोत्सव अवधिभर दैनिक फ्ल्याश सेल र विशेष अफरहरू पनि उपलब्ध हुनेछन् ।

यस वर्षको प्ल्याटिनम पार्टनर ब्रान्डहरू सिताफिल (Cetaphil) र रोह्टो (Rohto) ले ४०% सम्म छुट दिँदैछन् भने, गोल्ड पार्टनरहरू एईडब्लूबी (AEWB), ब्राण्डहाउस (Brandhouse) र मारिको (Marico) ले ६० प्रतिशतसम्मको बचत उपलब्ध गराउने बताइएको छ ।

फेसनलाई विशेष दृष्टिगत गर्दै बोस्सिनी, किलोमिटर, लोट्टो, भ्यान्स, कन्भर्स, एर्के र नाइक जस्ता फेसन ब्रान्डहरूमा ५० प्रतिशत वा सोभन्दा बढी छुट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

असली उत्पादनको ग्यारेन्टी

दराजले आफ्नो विशेष ब्रान्ड गन्तव्य दराजमल (DarazMall) मार्फत उपभोक्तालाई १०० प्रतिशत असली उत्पादनको आश्वासन प्रदान गर्नेछ । यदि उपलब्ध गराइएको कुनै उत्पादन नक्कली भएको प्रमाणित भएमा, कम्पनीले त्यसको तीन गुणा क्याश ब्याक ग्यारेन्टी दिने व्यवस्था गरेको छ ।

दराजमल मार्फत ग्राहकहरूले सिताफिल, सियाओमी, अल्टिमा लाइफस्टाइल, मसलब्लेज लगायतका ब्रान्डका उत्पादनहरूमा विशेष छुट पाउन सक्नेछन् ।

निःशुल्क डेलिभरीको सुविधा

उपभोक्ता माझ लोकप्रिय निःशुल्क डेलिभरी सुविधालाई दराजले निरन्तरता दिएको छ । चुनिएका उत्पादनहरूमा न्यूनतम ४९९ रुपैयाँको खरिद गर्दा उपभोक्ताहरूले निःशुल्क होम डेलिभरी प्राप्त गर्न सक्नेछन् । यसको लाभ उठाउन ग्राहकले दराज एपको होमपेजमा रहेको 'फ्रि डेलिभरी' ब्यानरमा क्लिक गरी सम्बन्धित भौचर सङ्कलन गर्नुपर्ने हुन्छ ।

दराज नेपालले सम्पूर्ण उपभोक्तालाई आकर्षक अफर र अत्यधिक बचत मार्फत पर्व सुहाउँदो रमाइलो किनमेल अनुभव लिनका लागि आमन्त्रण पनि गरेको छ ।

थप जानकारीको लागि दराज नेपालको वेबसाइट वा दराज एपको प्रयोग गर्न सकिनेछ । दराज सन् २०१५ मा स्थापित दक्षिण एसियाकै प्रमुख मध्येको एक ई-कमर्स प्लेटफर्म हो । यसले नेपालसहित पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र म्यानमारमा सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०८२ ११:५८