close

पब्जी विश्वकप छनोटको संघारमा नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’, आजको प्रदर्शन निर्णायक

टेकपाना टेकपाना

असोज २९, २०८२ १९:२२

पब्जी विश्वकप छनोटको संघारमा नेपाली टिम ‘होरा ई-स्पोर्ट्स’, आजको प्रदर्शन निर्णायक

काठमाडौँ । नेपाली पब्जी मोबाइल टोली ‘होरा ई-स्पोर्ट्स’ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) मा सोझै छनोट हुने अन्तिम चरणमा पुगेको छ । पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) दक्षिण एसिया फल २०२५ को ग्रान्ड फाइनलमा आज हुने अन्तिम दिनको खेलमा शीर्ष तीनभित्र पर्न सके होराले पीएमजीसीमा आफ्नो स्थान पक्का गर्नेछ ।

ग्रान्ड फाइनलको दोस्रो दिनको खेल समाप्तिसम्म होरा ई-स्पोर्ट्स ११० अंकसहित दोस्रो स्थानमा छ, जसले गर्दा उसको विश्वकप छनोटको सम्भावना बलियो बनेको छ । आज हुने अन्तिम दिनका खेलहरूले नै उसको भाग्यको फैसला गर्नेछ ।

यस प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले पब्जीको विश्वकप मानिने पीएमजीसीमा सोझै स्थान बनाउने प्रावधान छ ।

प्रतियोगितामा सहभागी अन्य नेपाली टोलीहरूमध्ये ‘फोर योङ्को रोयल जुत्ति  योङ म्यान’ (4YRJ) दोस्रो दिनको समाप्तिमा १६औँ स्थानमा छ भने ‘नेपेक्स इस्पोर्स्ट्स’ (NEPX) समूह चरणबाटै बाहिरिएको थियो ।

तीन दिनसम्म चलेको समूह चरणमा २० टोलीले प्रतिस्पर्धा गरेका थिए, जसबाट उत्कृष्ट १६ टोली ग्रान्ड फाइनलका लागि छनोट भएका हुन् ।

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १९:४५