close

पानीमा डुब्दामा पनि केही नहुने, ६००० एमएएच ब्याट्री भएको भिभो फोन बजारमा, मूल्य ३७ हजार

टेकपाना टेकपाना

कात्तिक १८, २०८२ १४:५७

पानीमा डुब्दामा पनि केही नहुने, ६००० एमएएच ब्याट्री भएको भिभो फोन बजारमा, मूल्य ३७ हजार

काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले ‘वाई सिरिज’ अन्तर्गत नयाँ मोडेल ‘भिभो वाई ४००’ नेपाली बजारमा सार्वजनिक गरेको छ । शैली, मनोरञ्जन, टिकाउपन र स्मार्ट पर्फमेन्स चाहने प्रयोगकर्ताका लागि लक्षित गर्दै यो फोन उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

पर्ल व्हाइट वा डाइनामिक ग्रीन कलरमा किन्न सकिने फोन ७.९ एमएम मेटालिक फ्रेम र ३७ प्रतिशतसम्म पातलो डिस्प्ले बेजलसहित आएको छ । यो फोनको कुशन-कट डायमन्ड क्यामेरा डिजाइनले प्रयोगकर्ताले  प्रिमियम फिल गर्न सक्ने कम्पनीको विश्वास छ । 

६.६७ इन्चको १२० हर्ज एएमोलेड डिस्प्ले भएको फोनमा डुअल स्टेरियो स्पिकरले ४०० प्रतिशतसम्म साउन्ड बढाउन सक्छ । साथै, एसजीएस आई प्रोटेक्सन प्रमाणित स्क्रिनले लामो समय प्रयोग गर्दा आँखाको सुरक्षा सुनिश्चित गर्ने बताइएको छ ।

फोनमा ५० मेगापिक्सेल सोनी आईएमएक्स ८५२ मुख्य क्यामेरा, ८ मेगापिक्सेल फ्रन्ट र २ मेगापिक्सेल बोके (bokeh) क्यामेरा समावेश गरिएको छ । यसले अण्डरवाटर फोटोग्राफी, वन-ट्याप वाटर इजेक्सन र एआई इरेज २.० जस्ता सुविधा प्रदान गर्छ ।

आईपी६८/६९ डस्ट एन्ड वाटर रेसिस्ट्यान्ट भएको यो मोडेल २ मिटर गहिरो पानीमा ३० मिनेटसम्म सुरक्षित रहने दाबी गरिएको छ । भिजेका हातले पनि सहज प्रयोग गर्न सकिने ‘वेट-ह्याण्ड टच’ प्रविधि यसमा प्रयोग गरिएको छ ।

भिभो वाई ४०० मा रहेको ६००० एमएएच ब्याट्रीले लामो समयसम्म फोन प्रयोगको सुविधा दिन्छ । कम्पनीका अनुसार यसले ६१ घण्टा म्युजिक, ४ घण्टा भिडिओ स्ट्रिमिङ र २ घण्टा गेमिङ शक्ति दिन सक्षम छ । ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजीले १ प्रतिशतबाट ५० प्रतिशत चार्जमा पुग्न ३० मिनेट मात्र लिन्छ ।

स्मार्ट चार्जिङ इन्जिन २.०, ओभरनाइट चार्जिङ प्रोटेक्सन र २४ डाइमेन्सन सेफ्टी मोनिटरिङ फिचरले चार्जिङलाई सुरक्षित बनाएको भिभोको दाबी छ । डुअल-मोड्युल कुलिङ सिस्टमले उच्च प्रदर्शनका बेला पनि फोनलाई स्थिर राख्छ ।

फोन स्न्यापड्रागन ६८५ (६एनएम) प्रोसेसरमा आधारित छ, जसले इनर्जी–इफिसिएन्ट प्रदर्शन प्रदान गर्छ । यसमा २५६ जीबी स्टोरेज र ८ जीबी एक्सटेन्डेड र्‍याम रहेको छ । कम्पनीका अनुसार यसको ‘५० मन्थ स्मुथ एक्सपेरियन्स’ फिचरले लामो समयसम्म प्रदर्शनमा कमी नआउने सुनिश्चित गर्छ ।

एआई सुविधाको कुरा गर्दा फोनमा एआई नोट्स, एआई रेकर्डर, एआई डकुमेन्ट्स, स्क्रिन ट्रान्सलेसन र सर्कल टु सर्च फिचर समावेश छन् । साथै, लिंक टु विन्डोज फिचरमार्फत फोनलाई कम्प्युटरसँग सजिलै कनेक्ट गर्न सकिन्छ ।

भिभो वाई ४०० अहिले देशभरका भिभोका आधिकारिक रिटेल स्टोरहरू र दराज अनलाइन प्लेटफर्ममा उपलब्ध भइसकेको छ । जसको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १८, २०८२ १५:८