close

अल्टिमाको क्रेजी ११:११ क्याम्पेन, ९ सय ९९ मै इयरबड्स अनि थाइल्यान्ड ट्रिपको मौका

टेकपाना टेकपाना

कात्तिक २०, २०८२ ११:४६

अल्टिमाको क्रेजी ११:११ क्याम्पेन, ९ सय ९९ मै इयरबड्स अनि थाइल्यान्ड ट्रिपको मौका

काठमाडौँ । अल्टिको क्रेजी ११:११ क्याम्पेन सुरु हुन लागेको छ । यो ठुलो क्याम्पेन १०-२२ नोभेम्बरसम्म चल्नेछ । जुन १० नोभेम्बरको बेलुका ८ बजेदेखि २१ नोभेम्बरसम्म लाइभ हुनेछ ।

यस पटकको क्रेजी ११:११ क्याम्पेनको मुख्य हाइलाइटको रूपमा तीन वटा नयाँ उत्पादनहरू अल्टिमा वाच नेभिगेटर, अल्टिमा बुम वनएक्स प्रो र अल्टिमा एटम १९२ प्रो सार्वजनिक भएका छन् । यस अवधिमा उपभोक्ताहरूले अल्टिमाका इयरबड, स्पिकर, स्मार्टवाच, साउन्डबार लगायत सबै उत्पादनहरू ७० प्रतिशतसम्म छुटमा किन्न सक्नेछन् ।

यस क्रेजी ११:११ क्याम्पेनमा फास्टेस्ट फिङ्गर फ्ल्याश सेल पनि राखिएको छ, जसमा ग्राहकहरूले एक्साइटिङ प्रोडक्टहरू ग्र्याब गर्न (पाउन वा पकड्न) सक्नेछन् । दराजको एक्सक्लुसिभ भाउचर र दराजकै म्यायक्स भाउचर र ब्याङ्क भाउचर प्रयोग गरेर ग्राहकहरूले अल्टिमा बुम वन एक्स प्रो इयरबड ९९९ रुपैँयामा नै किन्न सक्नेछन् ।

अल्टिमा बुम एक्सवन प्रो इयरबडका विशेषता

बुम सिरिज अन्तर्गतको यो नयाँ इयरबड हेर्दा आकर्षक देखिन्छ भने लगाउँदा पनि सहज महसुस हुने अल्टिमाले जनाएको छ । यो इयरबडमा ब्लुटुथ भर्सन ५.४ मा आधारित छ ।

यसमा गेमिङको लागि ४० मिलि सेकेन्डको लो लेटेन्सी पाउन सकिने कम्पनीको दाबी छ । बड्समा ११ मिलि मिटरको हाई-फिडेलिटी ड्राइभर पाउन सकिन्छ, जसबाट अल्टिमा सुप्रिम साउन्डको अनुभव लिन सकिने बताइएको छ ।

यो बड्सले अल्टिमा लिंक एप पनि सपोर्ट गर्छ । ब्याट्री क्षमताको कुरा गर्दा, यसको केसमा ४०० एमएएच र बड्समा ३० एमएएच क्षमता रहेको छ । यसबाहेक यो बड्समा ६० प्रतिशत भोलुममा ४० घण्टासम्मको प्लेटाइम, आईपीएक्स ५ वाटर रेजिस्टेन्स र ईएनसी सहितको क्वाड माइक लगायतका फिचर पनि समावेश छन्।

प्रिमियम जस्तै देखिने यो बड्सको मूल्य ३ हजार ४ सय ९९ तोकिएको छ । यद्यपि लन्च अफरमा यसलाई १२ सय ९९ रुपैयाँमा किन्न सकिनेछ । तर नोभेम्बर १० तारिखदेखि सुरु हुने ११:११ क्याम्पेनमा ग्राहकहरूले दराजको म्याक्स भाउचर र बैँक भाउचर प्रयोग गरेर यसलाई ९ सय ९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

थप अफर र खरिदको मौका

१० नोभेम्बर अगाडि नै अल्टिमाका उत्पादनहरू एड टु कार्ट गर्ने ग्राहकहरू थाइल्यान्ड कपल ट्रिप जित्नको लागि योग्य हुनेछन् ।

यो क्रेजी ११:११ क्याम्पेन एक्सक्लसिभ दराजमा, अल्टिमाको आधिकारिक वेबसाइटमा तथा अल्टिमाको कौशलटार, पुल्चोक, पुतलीसडक र नयाँ बानेश्वरको स्टोरमा सञ्चालन हुँदैछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २०, २०८२ ११:४६