close

एनपीएललाई रोचक बनाउन एनसेलको फ्यान प्याक घोषणा, अनलिमिटेड डेटादेखि विभिन्न बोनस सुविधा

टेकपाना टेकपाना

कात्तिक २८, २०८२ २१:२

एनपीएललाई रोचक बनाउन एनसेलको फ्यान प्याक घोषणा, अनलिमिटेड डेटादेखि विभिन्न बोनस सुविधा

काठमाडौँ । एनसेलले आउँदो सोमबारदेखि सुरु हुने ‘सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेल’लाई रोमाञ्चक बनाउन एनपीएल फ्यान प्याक ल्याएको छ । यसअन्तर्गत एनपीएलको दोस्रो संस्करण अवधिभर एनसेल ग्राहकले विभिन्न वन टाइम प्याक र रिन्युअल प्याक खरिद गर्दा प्याकको प्रकार हेरी विभिन्न सेवा, सुविधाहरू बोनस स्वरुप निःशुल्क पाउनेछन् ।

एनपीएल फ्यान प्याक भोलि शनिबारदेखि लागु भएर २७ मंसिरसम्म सञ्चालन हुनेछ । अफरसहित ल्याइएका प्याकअनुसार ग्राहकहरूलाई २५ मिनेट अन-नेट कल (एनसेलबाट एनसेल नम्बरमा कल), ५० मिनेट अन-नेट कल, निःशुल्क टिकटक, निःशुल्क युट्युब, ७५० एमबी डेटा वा १ जीबी डेटालगायत एक दिनका लागि मान्य बोनसहरू उपलब्ध गराइने छ । यसको अर्थ ग्राहकले प्याकहरूमा प्राप्त हुने सेवा, सुविधा बाहेक थप बोनसको फाइदा लिन सक्नेछन् ।

बोनस सेवा सुविधासँगै ग्राहकहरूलाई एनसेल एपमार्फत स्पिन एन्ड विनमा सहभागी भई थप बोनस सेवा सुविधा तथा एनपीएलको खेलको टिकट जित्ने अवसर पाउनेछन् ।

“एनपीएल फ्यान प्याकले क्रिकेटको यो महाउत्सवका बेलामा हाम्रा नेपाली क्रिकेट फ्यानहरूमा अझ बढी ऊर्जा थप्ने विश्वास राखेका छौं,” एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “क्रिकेटले सबैलाई एकबद्ध बनाउँछ र हाम्रो एनपीएलमा सहकार्य र यो अफरमार्फत हामी सबैलाई अझ नजिक ल्याउन ल्याउँदै हाम्रो सेवाले सबैलाई जोड्न चाहन्छौं ।” 

एनपीएल फ्यान प्याकमा ९९ रुपैयाँमा अनलिमिटेड डेटा, २०० रुपैयाँमा कम्बो, कम्बो रिन्युअल, सधैं अन ३९९, सधैं अन ३९९ रिन्युअल, ५९९ रुपैयाँमा होम एन्ड अवे र होम एन्ड अवे रिन्युअल प्याक एनसेलले ल्याएको छ । यस्तै, ९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल र अनलिमिटेड अल नेपाल रिन्युअल, २९९ रुपैयाँमा अनलिमिटेड अल नेपाल र अनलिमिटेड अल नेपाल रिन्युअल प्याक गरी ११ वटा प्याक एनसेलले सार्वजनिक गरेको छ । 

प्याकको प्रकार अनुसार निश्चित सेवा सुविधा निःशुल्क बोनसका रुपमा पाइने एनसेलले जनाएको छ । जस्तै, ९९ रुपैयाँको अनलिमिटेड डेटा खरिद गर्ने ग्राहकले २५ मिनेट अन-नेट कल पाउनेछन् । सधैं अन ३९९ र सधैं अन ३९९ रिन्युअल प्याक लिने ग्राहकलाई निःशुल्क टिकटक उपलब्ध हुनेछ ।

त्यस्तै, ५९९ रुपैयाँको होम एन्ड अवे वा यसको रिन्युअल प्याक खरिद गर्ने ग्राहकलाई निःशुल्क यूट्युब पहुँच प्रदान गरिने एनसेलले जनाएको छ । २९९ रुपैयाँमा उपलब्ध हुने अनलिमिटेड अल नेपाल भ्वाइस प्याक खरिद गर्नेलाई ग्राहकहरूले १ जीबी डेटा बोनस पाउनेछन् । यसरी पाइने बोनस सेवा सुविधाको समयसीमा एक दिनको रहनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ ७:५५