close

माघसम्म बक्यौता तिर्ने ग्राहकलाई जरिवानामा छुट दिँदै टेलिकम, नतिरे कालोसूचीमा राख्ने चेतावनी

टेकपाना टेकपाना

कात्तिक ३०, २०८२ १०:४०

माघसम्म बक्यौता तिर्ने ग्राहकलाई जरिवानामा छुट दिँदै टेलिकम, नतिरे कालोसूचीमा राख्ने चेतावनी

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० सम्मका बक्यौता रकम माघसम्ममा तिरे जरिवानामा छुट दिने भएको छ ।

आइतबार टेलिकमको केन्द्रीय राजस्व विभागले सूचना जारी गर्दै तोकिएको समयमा बक्यौता चुक्ता गरेमा जरिवानाबाट बच्न सकिने जानकारी दिएको हो ।

टेलिकमले प्रदान गर्ने दूरसञ्चार सेवाबापत आर्थिक वर्ष २०७९/८० सम्म तिर्न बाँकी रहेको रकम १ मंसिरदेखि माघ मसान्तभित्र भुक्तानी गरे जरिवानामा छुट हुनेछ ।

बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको नाम पत्रिकामा प्रकाशन गर्ने वा कम्पनीको वेबसाइटमा राखी कालोसूचीमा समावेश गर्ने चेतावनी दिइएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १२:११