close

राष्ट्रिय परिचयपत्र लिङ्क गरेर अब आफैँले व्यक्तिगत प्यान नम्बर लिन सकिने

टेकपाना टेकपाना

मंसिर २, २०८२ ८:२६

राष्ट्रिय परिचयपत्र लिङ्क गरेर अब आफैँले व्यक्तिगत प्यान नम्बर लिन सकिने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र लिङ्क गरी व्यक्तिगत व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) आफैँले लिन सकिने भएको छ । सोमबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने प्रणालीको सुरुवात गरेका हुन् । 

सोमबारदेखि नै ४० लाख रुपैयाँसम्मको आय भएका र एकल रोजगारदाता भएका प्राकृतिक व्यक्तिको लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र लिन सकिने सेवा पनि सुरु गरिएको छ । 

अर्थ मन्त्रालयका सचिव र राजस्व सचिव दुवैले राजस्व चुहावट नियन्त्रण गर्दै सूचना प्रविधि प्रणालीमा सुधारका साथै पेपरलेस, फेसलेस प्रविधि मार्फत राजस्व सेवा वितरण गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् ।  

 

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ ८:२६