close

डिशहोम गो एपमा एनपीएल चलेन ? यो नम्बरमा सम्पर्क गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर २, २०८२ १४:२५

डिशहोम गो एपमा एनपीएल चलेन ? यो नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौँ । भुक्तानी गरिसके पनि नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेल डिशहोम गो एपमा हेर्न नसकिरहेका प्रयोगकर्तालाई डिशहोमले फोन वा ईमेलमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

भुक्तानीको स्क्रिनशटसहित ईमेल वा हेल्पडेस्कमा सम्पर्क गरे समस्या तुरुन्तै समाधान हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार हेल्पडेस्क नम्बर ०१-४२१७६६६, ९८०११५५००० वा [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ । फोन वा ईमेल आएपछि १५ मिनेटभित्र समस्या समाधान गर्ने डिशहोमले जनाएको छ । 

एनपीएल दोस्रो संस्करणका खेल प्रसारण गर्ने अधिकार डिशहोम गो एपले पाएको छ । तर देश–विदेशका धेरै प्रयोगकर्ताले शुल्क तिरे पनि खेल नहेर्न पाएको गुनासो गरेका छन् ।


 

  

पछिल्लो अध्यावधिक: मंसिर २, २०८२ १४:२५