काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा निरन्तरता दिएको छ । योसँगै पौडेल र इसेवाबिचको सहकार्य तेस्रो वर्षमा प्रवेश गरेको छ ।
ललितपुरको पुल्चोकस्थित इसेवाको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र कप्तान पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता नवीकरणपछि बोल्दै कप्तान पौडेलले इसेवासँगको यात्रालाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गर्दै यो साझेदारीले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, इसेवाका सीईओ खड्काले नेपाली क्रिकेटको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका पौडेलजस्तो प्रतिभाशाली व्यक्तित्वलाई निरन्तरता दिन पाउनु गर्वको विषय भएको बताए । उनले सन् २०२६ को टी-२० विश्वकपका लागि नेपाल छनौट भएकोमा कप्तान पौडेललाई बधाई दिँदै जारी नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना समेत दिए ।
पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १६:२
