close

सडकका खाल्डाखुल्डी पुर्न सघाउने गरी मोबाइल एप र एम्बुलेन्स सञ्चालनमा आउँदै

टेकपाना टेकपाना

मंसिर ११, २०८२ १५:५०

सडकका खाल्डाखुल्डी पुर्न सघाउने गरी मोबाइल एप र एम्बुलेन्स सञ्चालनमा आउँदै

काठमाडौँ । सडक डिभिजन काठमाडौँले जिल्लाका सडकमा रहेका खाल्डाखुल्डी तत्काल मर्मत गर्न मोबाइल एप र ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ सञ्चालनमा ल्याउने भएको छ ।

डिभिजनले काठमाडौँ जिल्लाभित्रका सामरिक महत्त्व बोकेका सडक खण्डहरूमा देखिने समस्या तत्काल समाधान गर्ने र सडक मर्मत सुधार गर्ने प्रयोजनका लागि यो प्रविधि प्रयोग गर्न लागेको हो ।

यसका लागि विशेष प्रकारको ‘रोड पटहोल मेन्टिनेन्स एम्बुलेन्स’ र खाल्डाखुल्डी मर्मतसम्बन्धी मोबाइल एप तयार पारिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार एक कार्यक्रमबिच उक्त मोबाइल एप र एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको सडक डिभिजन काठमाडौँले जनाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८२ १५:५०