ईभी, हलुका सवारी र मोटरसाइकल मर्मतका लागि ६ महिने ओजेटी तालिम दिँदै काठमाडौँ महानगर
मंसिर १७, २०८२ १०:२६
एआईले तयार पारेको साङ्केतिक तस्वीर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ६ महिने ओजेटी तालिम उपलब्ध गराउने भएको छ । महानगरले अटोमोबाइल र कृषि क्षेत्र अन्तर्गतका तालिमहरूका लागि सरोकारवालासँगको सहकार्यमा यस्तो अवसर दिन लागेको हो ।
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको प्रारम्भिक तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूले यो अवसर पाउनेछन् । जसमा मोटरसाइकमल मेकानिक, हलुका सवारी साधन मेकानिक, विद्युतीय सवारी साधन मेकानिक र कृषि क्षेत्र अन्तर्गत फुल साजसज्जाको प्रारम्भिक तालिम लिएकाहरू सहभागी समेटिने छन् ।
काठमाडौँ महानगरपालिका, चाँगुनारायण फाउण्डेसन र सम्बन्धित कम्पनी तथा औद्योगिक प्रतिष्ठानहरूबिच यस कार्यक्रमका लागि सहकार्य गरिएको छ । यदि तपाईंले काठमाडौँ महानगरपालिकाले यसअघि सञ्चालन गरेका उल्लिखित विषयका प्रारम्भिक तालिम लिनु भएको छ भने यहाँ क्लिक गरी ओजेटी तालिमका लागि आवेदन भर्न सक्नु हुनेछ । आवेदन दिने म्याद भोलि बिहीबारसम्म तोकिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १०:३०
