close

अफिसियल काम गर्न उपयुक्त सामसङको नयाँ प्रिमियम ट्याब, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

मंसिर १७, २०८२ ११:३

अफिसियल काम गर्न उपयुक्त सामसङको नयाँ प्रिमियम ट्याब, यस्तो छ मूल्य र फिचर

काठमाडौँ । यदि तपाईँ वर्किङ प्रोफेसनल हुनुहुन्छ र आफ्नो कामका लागि नयाँ किन्न खोज्दै हुनुहुन्छ भने सामसङको ग्यालेक्सी ट्याब ए ११ प्लस (Galaxy Tab A11+) एउटा राम्रो विकल्प हुन सक्छ । हेर्दा स्लिक, आकर्षक यो ट्याब हालै मात्र सार्वजनिक भएको हो ।

क्लिन फिनिश युक्त यो ट्याबको आकार ११ इन्चको छ भने यसमा ९० हर्ज रिफ्रेश रेट सहितको टीएफटी डिस्प्ले प्रयोग गरिएको छ । त्यस्तै ट्याबमा ८ मेगापिक्सेलको मेन क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

एन्ड्रोइड १६ मा आधारित यो ट्याबमा मिडियाटेक डाइमेन्सिटी ८७७५ ४ एनएम प्रोसेसर समावेश गरिएको छ । वन यूआई ८ मा चल्ने यो ट्याबमा सामसङले वटा मुख्य एन्ड्रोइड अपग्रेड उपलब्ध गराउने बाचा पनि गरेको छ ।

६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज ग र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज गरी यो ट्याब दुई वटा भेरियन्टमा उपलब्ध छ । यो ट्याबले मनोरन्जनसँगै कम्प्लेक्स टास्क, अफिसियल काम सहजै ह्यान्डल गर्न सक्छ ।

साथै ट्याबमा ४ वटा स्पिकर, ब्लुटुथ ५.३ भर्सन, नोट असिस्ट, ग्यालेक्सी एआई, जेमनाई लगायतका विभिन्न फिचर समेत छन् । ब्याट्रीको कुरा गर्नुपर्दा यसमा ७०४० एमएएच क्षमताको ब्याट्री राखिएको छ । जसमा २५ वाटको चार्जिङ सपोर्ट पनि छ ।

यसले गर्दा यो प्रिमियम ट्याब दैनिक प्रयोजनको लागि उपयोगी विकल्प बन्न सक्छ । यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ रहेको छ । 

 

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ ११:३