सामसङ ग्यालेक्सी जेड ट्राइफोल्ड सार्वजनिक, दैनिक १०० पटक फोल्ड गर्दा पनि नबिग्रने दाबी
मंसिर १७, २०८२ १८:१
काठमाडौँ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङले दुई पटकसम्म फोल्ड गर्न मिल्ने बहुप्रतिक्षित ‘ग्यालेक्सी जेड ट्राइफोल्ड’ फोन सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार आफ्नो ग्यालेक्सी परिवारमा नयाँ मोडेल भित्र्याएको हो ।
यो स्मार्टफोन सबैभन्दा पहिले १२ डिसेम्बरमा दक्षिण कोरियामा सार्वजनिक हुनेछ भने सन् २०२६ को पहिलो त्रैमासिकमा अमेरिकी बजारमा जानेछ । ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दक्षिण कोरियामा ३५ लाख ९० हजार ४०० कोरियन वन तोकिएको छ । अमेरिकी डलरमा हिसाब गर्दा यो करिब २,५०० डलर हुन आउँछ ।
‘जेड ट्राइफोल्ड’को सबैभन्दा मुख्य आकर्षण यसको भित्री डिस्प्ले हो । यसलाई पूर्ण रूपमा खोल्दा १० इन्चको स्क्रिन बन्छ । यसको रिजोलुसन २१६०x१५८४ पिक्सेल रहेको छ । यसमा १ देखि १२० हर्जसम्मको एडप्टिभ रिफ्रेस रेट सुविधा छ ।
यो ठुलो स्क्रिनमा प्रयोगकर्ताले एकैपटक तीन ओटा एपहरू भर्टिकल्ली चलाउन सक्नेछन् । साथै, छुट्टै मनिटर बिना नै सामसङको ‘डीईएक्स’ डेस्कटप इन्भायरोमेन्ट प्रयोग गर्न सकिनेछ । फोनको बाहिरी कभर स्क्रिन भने ६.५ इन्चको (१०८० पिक्सेल) छ । यो ग्यालेक्सी जेड फोल्ड ७ सँग मिल्दोजुल्दो देखिन्छ ।
यस फोनका तीन ओटै प्यानलको मोटाइ फरक-फरक छ । सबैभन्दा बाक्लो सेन्टर प्यानल ४.२ एमएम छ भने सबैभन्दा पातलो प्यानल ३.९ एमएम रहेको छ । ह्वावेको ‘मेट एक्सटी’ जस्तो ‘जेड’ आकारमा फोल्ड हुने नभई, सामसङको यो फोनका दुवै छेउ भित्रपट्टी फोल्ड हुन्छन् ।
सामसङले यसको मुख्य डिस्प्लेलाई २ लाख पटकसम्म फोल्ड गर्न मिल्ने गरी परीक्षण गरेको जनाएको छ । यो भनेको ५ वर्षसम्म दैनिक १०० पटक फोल्ड गर्नु सरह हो । फोल्ड गर्दा फोनको मोटाइ १२.९ एमएम हुन्छ । यो भनेको हालैका अन्य फोल्डेबल फोनकै हाराहारी हो । यसको तौल ३०९ ग्राम रहेको छ ।
यसको पछाडिको भाग सेरामिक-ग्लास फाइबरबाट बनेको छ भने हिन्ज (कब्जा)लाई टाइटेनियम हाउजिङले सुरक्षित गरिएको छ । अन्य फोल्डेबल फोन जस्तै यसले पनि ‘आईपी ४८’ रेटिङ पाएको छ ।
फोटोग्राफीका लागि फोनको पछाडि तीन ओटा क्यामरा राखिएको छ । यसमा २०० मेगापिक्सेलको मुख्य क्यामरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड र १० मेगापिक्सेलको ३ गुणा जुम गर्न मिल्ने टेलिफोटो लेन्स दिइएको छ । सेल्फीका लागि कभर र भित्री स्क्रिन दुवैमा १०-१० मेगापिक्सेलका क्यामरा छन् ।
फोनमा ‘स्न्यापड्रागन ८ इलाइट फर ग्यालेक्सी’ चिपसेट प्रयोग गरिएको छ भने १६ जीबी र्याम उपलब्ध छ । फोनका विभिन्न प्यानलमा गरी ५६०० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।
|
ग्यालेक्सी जेड ट्राइफोल्ड |
|
|
Main display |
10.0-inch QXGA+ Dynamic AMOLED 2X (2160 x 1584) 269 ppi 1600 nits 120Hz adaptive refresh rate (1~120 Hz) |
|
Cover display |
6.5-inch FHD+ Dynamic AMOLED 2X (2520 x 1080, 21:9) 422 ppi 2600 nits 120 Hz adaptive refresh rate (1~120 Hz) |
|
Processor |
Snapdragon 8 Elite Mobile Platform for Galaxy (3 nm) |
|
Memory and storage |
16GB Memory with 1TB internal storage 16GB Memory with 512GB internal storage |
|
Battery |
5,600 mAh three-cell battery system |
|
Charging |
Wired Charging: 45W (Up to 50% charge in around 30 minutes) Wireless Charging: 15 W Wireless PowerShare |
|
Rear camera |
Ultra-wide: 12MP Dual Pixel AF, F2.2, Pixel size: 1.4 μm, FOV: 120˚ Wide: 200MP Quad Pixel AF, OIS, F1.7, Pixel size: 0.6 μm, FOV: 85˚, optical quality zoom 2x Telephoto: 10 MP PDAF, OIS, F2.4, Pixel size: 1.0 μm, FOV: 36˚, 3x optical zoom, digital zoom up to 30x |
|
Front camera |
Cover screen: 10MP Selfie Camera F2.2, Pixel size: 1.12 μm, FOV: 85˚ Main screen: 10 MP Main Camera F2.2, Pixel size: 1.12 μm, FOV: 100˚ |
|
Sensors |
Capacitive fingerprint sensor (side), accelerometer, barometer, gyro sensor, geomagnetic sensor, hall sensor, proximity sensor, light sensor |
|
SIM card |
Up to two Nano SIM and Multi eSIM |
|
OS |
One UI 8 |
|
Network and connectivity |
5G LTE Wi-Fi 7 Bluetooth v5.4 |
|
Protection |
Cover: Corning Gorilla Glass Ceramic 2 Back: Ceramic-Glass Fiber Reinforced Polymer Frame: Titanium Hinge Housing and Advanced Armor Aluminum Frame |
|
Water and dust resistance |
IP48 |
|
Dimensions |
Folded: 159.2 x 75.0 x 12.9mm Unfolded: 159.2 x 214.1 x 3.9mm |
|
Weight |
309g |
|
Colors |
Crafted Black |
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १८:१२
