close

एआई प्रविधिसहित आएका गोदरेजका वासिङ मसिनमा ४ वर्ष ‘कम्प्रिहेन्सिभ वारेन्टी’

टेकपाना टेकपाना

पुस १, २०८२ १४:५५

एआई प्रविधिसहित आएका गोदरेजका वासिङ मसिनमा ४ वर्ष ‘कम्प्रिहेन्सिभ वारेन्टी’

काठमाडौँ । गोदरेज अप्लायेन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वासिङ मसिनहरूमा चार वर्षे ‘कम्प्रिहेन्सिभ वारेन्टी’ योजना सार्वजनिक गरेको छ । नेपाली उपभोक्तालाई स्मार्ट प्रविधिसँगै उत्पादनमा दीर्घकालीन विश्वास दिलाउने उद्देश्यले कम्पनीले यो सुविधा सुरु गरेको हो ।

‘ओन्ली विथ गोदरेज’ नामको नारासहित सञ्चालन गरिएको यस योजना अन्तर्गत वासिङ मसिनमा चार वर्षको पूर्ण वारेन्टीका साथै मोटरमा १० वर्षको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ ।

गोदरेजका नयाँ वासिङ मसिनहरूमा ‘एआई-पावर्ड टर्बिडिटी सेन्सिङ’ प्रविधि जडान गरिएको छ । यसले पानीमा रहेको डिटर्जेन्टको मात्रा पहिचान गरी आवश्यकता अनुसार रिन्सिङ प्रक्रियालाई स्वचालित रूपमा समायोजन गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार यो प्रविधिले सामान्य ‘रिन्स साइकल’को तुलनामा ५० प्रतिशतसम्म बढी कडा डिटर्जेन्ट हटाउनुका साथै १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्छ ।

घरायसी आवश्यकतालाई मध्यनजर गर्दै तयार पारिएका यी मसिनमा ९५ डिग्री सेल्सियससम्म पानी तताउने ‘इन–बिल्ट हिटर’ सहितको स्टिम वास टेक्नोलोजी छ, जसले बेसार, मेहन्दी, अचार लगायतका १०० भन्दा बढी कडा दाग हटाउन सक्ने दाबी गरिएको छ ।

साथै, यसमा रहेको डिजिटल इन्भर्टर मोटर प्रविधिले टप-लोड मसिनको तुलनामा ६५ प्रतिशतसम्म पानी बचत गर्ने र १४०० आरपीएमको ‘हाई–स्पिन’ मार्फत कपडा छिटो सुकाउने सुविधा दिन्छ ।

मसिनको सरसफाइका लागि यसमा प्रत्येक ४५ वासपछि ‘अटो रिमाइन्डर’ दिने ९५ डिग्री सेल्सियसको ‘एडभान्स्ड टब क्लिन’ फिचर पनि समावेश छ ।

नेपालमा यी मसिनहरू सीजी इलेक्ट्रोनिक्स मार्फत उपलब्ध छन् । हाल ‘इओन रिगालिस सिरिज’ अन्तर्गत ८ केजी र ९ केजी क्षमतामा म्याट ब्ल्याक तथा रोज गोल्ड रङमा मसिनहरू बजारमा पठाइएको छ । यो वारेन्टी योजना सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस १, २०८२ १५:१०