close

फेसबुक र ईमेलमार्फत नागरिकका गुनासा सुन्दै मन्त्री श्रेष्ठ, ‘अर्थपूर्ण परिवर्तन’ गर्ने प्रतिबद्धता

टेकपाना टेकपाना

पुस ३, २०८२ २२:३५

फेसबुक र ईमेलमार्फत नागरिकका गुनासा सुन्दै मन्त्री श्रेष्ठ, ‘अर्थपूर्ण परिवर्तन’ गर्ने प्रतिबद्धता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउन र जनमुखी बनाउन सामाजिक सञ्जाल र ईमेलमार्फत नागरिकका गुनासा तथा सुझाव सुन्ने कार्यको थालनी गरेकी छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक साता पुग्न लागेको अवसरमा मन्त्री श्रेष्ठले प्रत्यक्ष संवाद र नागरिकको सुझावका आधारमा ‘अर्थपूर्ण परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

मन्त्रालयभित्र सुधार र रूपान्तरण आवश्यक पर्ने क्षेत्रहरू स्पष्ट रूपमा पहिचान भएको उल्लेख गर्दै उनले आगामी दिनमा परिणाममुखी काममा केन्द्रित हुने उल्लेख गरिन् । उनले भनिन्, “आगामी दिनहरूमा साना-ठुला होइन, अर्थपूर्ण परिवर्तनका लागि मेरो इमानदार प्रयास रहनेछ ।”

नागरिकहरूको विश्वास, माया र आलोचनात्मक विचारलाई आफ्नो मुख्य शक्ति मान्दै उनले आफ्ना गुनासा वा सुझावहरू फेसबुक र मन्त्रालयको ईमेल [email protected] मार्फत निसंकोच साझा गर्न आह्वान गरेकी छन् ।

मन्त्री श्रेष्ठले भरोसा, संवाद र सहकार्यका आधारमा सकारात्मक परिवर्तनको नयाँ यात्रा सुरु गर्न सबै पक्षसँग आग्रह समेत गरेकी छन् ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८२ २२:४६