close

​यस्ता छन् दसौँ संस्करणको आईसीटी अवार्डका २४ विजेता

टेकपाना टेकपाना

पुस ६, २०८२ १८:४५

​यस्ता छन् दसौँ संस्करणको आईसीटी अवार्डका २४ विजेता

काठमाडौँ । आईसिटी अवार्डको दसौँ संस्करणको ग्राण्ड फिनाले सम्पन्न भएको छ । विभिन्न विधाका विजेतालाई अवार्ड प्रदान गर्दै ललितपुरको पुल्चोकस्थित द प्लाजामा शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लिभिङ विथ आईसीटी र आईसीटी फाउन्डेसन नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रविधि क्षेत्रमा उत्कृष्ट काम गरिरहेका स्टार्टअप, इनोभेसन, उद्यमी, व्यक्ति तथा संस्थाहरूलाई विभिन्न १७ विधामा अवार्ड प्रदान गरिएको थियो ।

आईसीटी अवार्डका संस्थापक तथा अध्यक्ष राजन लम्सालले देशमै केही गर्न खोजिरहेका र गरिरहेकाहरूलाई खोज्दै, जोड्दै इकोसिस्टम बनाउने प्रयासमा १० वर्षदेखि लागिरहेको जानकारी दिए । सूचना प्रविधि विकासको मुख्य नायक सरकार भएको बताउँदै उनले निजी क्षेत्रलाई अझ प्रोत्साहन आवश्यक रहेकोमा जोड दिए ।

आईसीटी अवार्डको आयोजक संस्था लिभिङ विथ आइसीटी अन्तर्राष्ट्रिय अवार्डहरू अरोरा टेक अवार्ड, अन्डरडग अवार्ड र डब्लूएसए अवार्डको नेपालका लागि साझेदार संस्था समेत हो । यी अवार्डका लागि विजेता तथा फाइनलिस्टहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त हुनेछ, जसमध्ये केहीले अन्तरराष्ट्रिय अवार्ड समेत जितिसकेका छन् ।

विजेताहरूलाई टिगको तर्फ सफ्टवेयरको लाइसेन्स, आईटी ग्लोबलबाट ५ हजार अमेरिकी डलर बराबरको एडब्लुएस क्रेडिट र स्टुडियो होमको तर्फबाट आकर्षक गिफ्ट प्रदान गरिएको थियो । राइजिङ स्टार इनोभेसन विधाका विजेतलाई सनवे कलेजले एआई छात्रवृत्ति समेत प्रदान गरेको छ ।

७५० बढीको अनलाइन नोमिनेसन प्राप्त भएको अवार्डमा १८ जुरी सदस्य र १६ सल्लाहकार समितिले ४ महिनाको समयमा छनौट प्रक्रिया सम्पन्न गरेका थिए । कार्यक्रममा नेपाल सहित नेपाल बाहिर विभिन्न देशका स्टार्टअपहरुको पनि सहभागिता रहेको थियो ।

यस्ता छन् यस वर्षका आईसिटी अवार्ड विजेता

१. इन्ड्राइभ स्टार्टअप आईसिटी अवार्ड:  आर्कबो टेक्नोलोजीज प्रालि

२. प्रडक्ट आइसिटी अवार्ड: क्विकसीसीए

३. राइजिङ स्टार आइसिटी अवार्ड: माइण्डब्रिज

४. सोसल इन्नोभेसन आइसिटी अवार्डः कताहो

५. हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड: ट्रिप टर्बो प्रालि

६. जुरी मेन्सन आइसिटी अवार्डः वायुदृष्टि

७. वुमन आइकन आइसिटी अवार्ड: मुन्नी राजभण्डारी

८. पायोनियर आइसिटी अवार्ड: डा. एलेन बौलोचन तुलाधर

९. आन्टरप्रेनर आइसिटी अवार्ड: विभुषण विष्ट

१०. नेपाली डायस्पोरा आइसिटी अवार्ड: दिनेश सिलवाल

११. प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डः रामकृष्ण परियार

१२. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): कोपिला भ्याली स्कुल, सुर्खेत

१३. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): नारायणी माध्यमिक विद्यालय, चितवन

१४. डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर): एनएमबि बैंक

१५. डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर): एम्बिसन गुरू

१६. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: सामाजिक सुरक्षा कोष

१७. साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड: प्रियोशप, बङ्गलादेश

१८. प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन अवार्ड: मेडिक्याब टेक्नोलोजिज, कोशी

१९. ,, जानकी सफ्ट इन्टरनेसनल, मधेस

२०. ,, क्लाउड मन्डप, बागमती

२१. ,, ब्रान्ड बिल्डर, गण्डकी

२२. ,, गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, लुम्बिनी

२३. ,, एभरेस्ट वायरलेस नेटवर्क, कर्णाली

२४. ,, बिजी इन्फोटेक्स, प्रदेशबाट

 

पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १८:४५