close

यसपटकको निर्वाचनमा पनि अन्तर-जिल्ला मतदान गर्न नपाइने

टेकपाना टेकपाना

पुस २६, २०८२ २३:८

यसपटकको निर्वाचनमा पनि अन्तर-जिल्ला मतदान गर्न नपाइने

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा पनि मतदाताले अन्तर-जिल्ला मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसपटक पनि विगतकै निर्वाचन प्रक्रियालाई निरन्तरता दिइने जानकारी दिइयो ।

अन्तर-जिल्ला मतदानको व्यवस्था मिलाउन आवश्यक पर्ने कानुनी र प्राविधिक पूर्वतयारी पूरा नभएकाले मतदाताले आफ्नो नामावली रहेको निर्वाचन क्षेत्रमै पुगेर मतदान गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

"कानुनी र प्राविधिक पूर्वतयारी गर्नुपर्ने भएकाले त्यो काम गर्न सकेका छैनौँ । विगतकै अभ्यासलाई निरन्तरता दिन्छौँ । निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका बन्दी, वृद्धाश्रममा रहेका जेष्ठ नागरिक मात्रै यो पटकको निर्वाचनमा अस्थायी मतदाताको सूचीमा समावेश हुनेछन्," उनले भने ।


 

पछिल्लो अध्यावधिक: पुस २६, २०८२ २३:९