काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेन-जी परिषद् गठनका लागि सर्वसाधारणसँग सुझाव माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्री कार्यालयले २९ पुससम्म सुझाव पठाउन अनुरोध गरेको हो ।
गत २४ मंसिरमा जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौतामा जेन-जी परिषद् गठन गर्ने सहमति भएको थियो । यसका लागि जेन-जी परिषद्को संरचना, जिम्मेवारी लगायतका विषयमा सरोकारवालाले ईमेल ([email protected]) मा राय तथा सुझाव पठाउन सक्नेछन् ।
सूचनामा भनिएको छ, “मिति २०८२/०८/२५ गते नेपाल राजपत्रमा प्रकाशित जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबिच भएको सम्झौताको बुँदा नं. ९ बमोजिम गठन हुने जेन-जी परिषद्को संरचना, जिम्मेवारी लगायतका विषयमा निम्न इमेल ठेगानामा लिखित सुझाव पठाउन हुन अनुरोध छ।”
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ २३:५५
