काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदबाट राजीनामा दिएका छन् ।
ललितपुर-२ बाट प्रतिनिधिसभा सभा निर्वाचन लड्ने निश्चित भएपछि खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।
पूर्व सञ्चारकर्मी रहेका खरेल गत ६ असोजमा सञ्चार मन्त्रीमा नियुक्त भएका थिए ।
निर्वाचनमा उम्मेदवारी दिनुअघि लाभको पदमा रहन नपाउने कानुनी प्रावधानका कारण उनले मनोनयन दर्ताको अघिल्लो दिन राजीनामा दिएका हुन् ।

पछिल्लो अध्यावधिक: माघ ५, २०८२ १९:२४
