उम्मेदवारी फिर्ताको चर्चाबिच आशिकाको स्पष्टीकरण: ‘हल्लाको पछि नलागौँ, जित्नका लागि उठेको हुँ’
माघ ९, २०८२ १५:११
काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता नलिएको स्पष्ट पारेकी छन् ।
सेतोपाटी लगायतका केही मिडिया र सामाजिक सञ्जालमा उम्मेदवारी फिर्ता को खबर आएपछि फेसबुकमा एक पोस्ट राख्दै उनले खण्डन गरेकी हुन् ।
तामाङले आफू चुनाव जित्नकै लागि उठेको र मैदानबाट पछि नहट्ने बताएकी छन् । उनले लेखेकी छन्, “हल्ला को पछि नलागौं चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु म।।।”
तामाङसँग जर्मन स्थायी आवासीय अनुमति पत्र (पीआर) रहेको भन्दै केही सञ्चारमाध्यमले समाचार लेखेपछि उनी विवादमा तानिएकी हुन् ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १५:२०
