आकशटेलले ल्यायो डाइनामिक बल्क एसएमएस र भ्वाइस, अब नाम र व्यक्तिगत विवरणसहित मेसेज पठाउन सकिने
माघ ९, २०८२ १६:५७
काठमाडौँ । नेपालको डिजिटल सञ्चार व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको आकशटेल (AakashTel) ले आफ्नो प्लेटफर्ममा डाइनामिक बल्क एसएमएस र डायनामिक भ्वाइस मेसेजिङ सुविधा सार्वजनिक गरेको छ । यससँगै अब व्यवसाय, संस्था तथा सङ्गठनहरूले सबैलाई एउटै मेसेज पठाउने पुरानो शैलीलाई परिवर्तन गरी हरेक प्राप्तकर्ताका लागि व्यक्तिगत विवरणसहितको सन्देश पठाउन सक्नेछन् ।
यो सुविधाले सामान्य सूचनालाई व्यक्तिगत संवादमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ । अब संस्थाहरूले प्राप्तकर्ताको नाम, थर, बाँकी रहेको रकम, मिति र सेवाको विवरण जस्ता व्यक्तिगत जानकारी समावेश गरी हजारौँ मेसेज एकै पटक पठाउन सक्नेछन् । उदाहरणका लागि बैङ्कको बिल भुक्तानी, किस्ताको रिमाइन्डर, अस्पतालको अपोइन्टमेन्ट सूचना, शैक्षिक जानकारी वा प्रमोसनल अफरहरू अब हरेक ग्राहकका लागि फरक–फरक विवरणसहित स्वचालित रूपमा डेलिभर हुनेछन् ।
भ्वाइस मेसेजको हकमा यस्ता सामग्रीहरूलाई एआई-पावर्ड टेक्स्ट-टु-स्पिच वा प्रोफेसनल भ्वाइस प्रयोग गरी फोन कलमार्फत सुनाइनेछ । यसले गर्दा मेसेज अझ प्रभावकारी र विश्वसनीय बन्ने कम्पनीको विश्वास छ ।
आकशटेलको यो डाइनामिक सोलुसन प्रयोग गर्न निकै सहज छ । प्रयोगकर्ताले आफ्नो डेटा सिस्टम, सीआरएम, ईआरपी वा साधारण एक्सेल फाइलमार्फत यो प्लेटफर्ममा इन्टिग्रेट गर्न सक्छन् । एक पटक मेसेजको टेम्प्लेट तयार गरेपछि सिस्टमले स्वचालित रूपमा केही मिनेटमै हजारौँ एसएमएस र भ्वाइस कलहरू पठाउँछ ।
यसका साथै रियल-टाइम रिपोर्टिङ, डेलिभरी स्टाटस र कल पिकअप एनालिटिक्स जस्ता सुविधाहरूले सम्पूर्ण सञ्चार प्रक्रियालाई पारदर्शी र मापनयोग्य बनाउँछन् । नेपालजस्तो भौगोलिक र सामाजिक विविधता भएको देशमा यो प्रविधि विशेष रूपमा प्रभावकारी मानिएको छ ।
विशेष गरी भ्वाइस मेसेजले कम साक्षरता भएका वा ग्रामीण क्षेत्रका नागरिकसम्म सहजै सूचना पुर्याउन मद्दत गर्छ । अर्कोतर्फ, व्यक्तिगत विवरणसहितको एसएमएसले प्राप्तकर्ताको ध्यान तान्ने र प्रतिक्रिया दिने दरलाई उल्लेख्य रूपमा बढाउँछ । यसले म्यानुअल फोन कलमा लाग्ने समय र लागत घटाउनुका साथै संस्थाहरूलाई व्यावसायिक पहिचान बनाउन सहयोग गर्दछ ।
हाल यो डाइनामिक सोलुसन बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, कर्पोरेट व्यवसाय, ई-कमर्स र सरकारी तथा गैर-सरकारी सङ्गठनहरूमा व्यापक रूपमा प्रयोग भइरहेको छ । नेपालमै विकसित र सञ्चालन हुँदै आएको आकशटेलले यसअघि नै आईभीआर सोलुसन, ह्वाट्सएप बिजिनेस प्लेटफर्म र एपीआई इन्टिग्रेसन जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १७:४३
