टीसीएलको नयाँ S5K QLED गुगल टिभी नेपाली बजारमा, गुगल असिस्टेन्टबाटै नियन्त्रण गर्न मिल्ने
माघ २०, २०८२ १५:६
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली उपभोक्ताहरूका लागि आफ्नो अत्याधुनिक S5K QLED Google TV सिरिज आधिकारिक रूपमा नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ टिभी सिरिज विशेषगरी आधुनिक प्रविधि खोज्ने युवा पुस्ता र गुणस्तरीय पारिवारिक मनोरञ्जनको चाहना राख्नेहरूलाई लक्षित गरी ल्याइएको हो ।
यो टिभी ३२-इन्च र ४३-इन्च गरी दुई आकारमा उपलब्ध छ । यसमा प्रयोग गरिएको Quantum Dot (QLED) प्रविधिले दृश्यहरूलाई प्राकृतिक र जीवन्त बनाउने कम्पनीले बताएको छ ।
यसमा भएको HVA प्यानलले सामान्यभन्दा तीन गुणा बढी कन्ट्रास्ट र १७८ डिग्रीको फराकिलो भ्युइङ एङ्गल प्रदान गर्दछ । साथै HDR10 र HLG सुविधाले प्रत्येक दृश्यलाई यथार्थवादी र स्पष्ट बनाउन मद्दत गर्छन् ।
थिएटर जस्तै ध्वनिका लागि यसमा २.० च्यानल स्पिकर सिस्टम र डल्बी अडियोको प्रविधि जडान गरिएको छ ।
S5K सिरिज गुगल टिभीको इन्टेलिजेन्ट सुविधाहरूले सुसज्जित छ । प्रयोगकर्ताहरूले गुगल असिस्टेन्टमार्फत आवाजकै भरमा टिभी नियन्त्रण गर्न सक्छन् । साथै, यसमा हजारौँ एपहरूको पहुँच र गेमरहरूका लागि द्रुत प्रतिक्रिया दिने गेम मोड सुविधा पनि उपलब्ध छ ।
यसको डिजाइन बेजल-लेस र स्टाइलिस मेटालिक फिनिशमा तयार पारिएको छ । जसले घरको सजावटलाई थप आधुनिक बनाउँछ ।
सहज र छिटो सञ्चालनका लागि यसमा CA55x4 @1.1GHz प्रोसेसर, १ जीबी र्याम र ८ जीबी इन्टर्नल स्टोरेज रहेको छ । कनेक्टिभिटीका लागि यसमा निम्न डुअल ब्यान्ड वाई-फाई ४ (२.४ गिगाहर्ज + ५ गिगाहर्ज), ब्लुटुथ ५.०, दुई वटा एचडीएमआई पोर्ट र यूएसबी २.० दिइएको छ ।
नेपालमा टीसीएलका उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स हो । सीजी इलेक्ट्रोनिक्सले आफ्नो फराकिलो नेटवर्कमार्फत देशभर टीसीएलका उत्पादन र गुणस्तरीय ग्राहक सेवा उपलब्ध गराउँदै आएको छ ।
सीजी डिजिटलमा ३६ हजार ९० रुपैयाँ मूल्य राखिएको ३२ इन्चको S5K टिभी १५ प्रतिशत छुटसहित ३० हजार ६९० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी यस सिरिजको ४३ इन्चको टिभीको मूल्य ५३ हजार ७९० रुपैयाँ राखिएको छ भने यसमा पनि १५ प्रतिशत छुट सहित ४५ हजार ७९० रुपैयाँमा उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १५:६
