close

आठ प्रमुख सहरमा एकैसाथ सार्वजनिक भयो ‘आईकार भी२३’ इलेक्ट्रिक एसयूभी

टेकपाना टेकपाना

माघ २२, २०८२ १८:४१

आठ प्रमुख सहरमा एकैसाथ सार्वजनिक भयो ‘आईकार भी२३’ इलेक्ट्रिक एसयूभी

काठमाडौँ । शारडा ग्रुप अन्तर्गतको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्नो नयाँ लाइफस्टाइल इलेक्ट्रिक एसयूभी 'आईकार भी२३' एकैसाथ देशका आठ प्रमुख सहरहरूमा सार्वजनिक गरेको छ । कम्पनीले २२ माघदेखि बिर्तामोड, विराटनगर (ओमोडा एण्ड जेइको शोरुम), वीरगन्ज, बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीमा यो गाडी आधिकारिक रूपमा सार्वजनिक गरेको हो ।

क्लासिक डिजाइन र आधुनिक प्रविधिको सन्तुलन रहेको गाडी पूर्ण इलेक्ट्रिक अफ-रोड एसयूभी हो । यसको क्लासिक रफ डिजाइन र अत्याधुनिक फिचरहरूले चालकलाई नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

यसमा ५९.९३ किलोवाट आवरको एलएफपी ब्याट्री र १०० किलोवाटको मोटर जडान गरिएको छ । यसले एक पटकको फुल चार्जमा ४०१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

गाडीको भित्री भागमा १३.२ इन्चको प्रिमियम इन्फोटेनमेन्ट डिस्प्ले राखिएको छ । साथै, सुरक्षालाई उच्च प्राथमिकता दिँदै लेभल २ को एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमसमेत उपलब्ध गराइएको छ ।

नेपाली बजारका लागि यो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । हाल नेपालभर १८ भन्दा बढी नेटवर्क टचपोइन्ट (बिक्री तथा सेवा केन्द्र) र २१ भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको एसपीजी अटोमोबाइल्सले नेपालमा वातावरणमैत्री ग्रिन इनर्जी सवारी साधनको प्रयोगलाई निरन्तर प्रोत्साहन गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८२ १८:५५