close

एआई फिचर र शक्तिशाली ब्याट्रीसहितको साओमी रेड्मी नोट १५ नेपाली बजारमा, कति छ मूल्य ?

टेकपाना टेकपाना

माघ २७, २०८२ १९:२३

एआई फिचर र शक्तिशाली ब्याट्रीसहितको साओमी रेड्मी नोट १५ नेपाली बजारमा, कति छ मूल्य ?

काठमाडौँ । साओमीले आफ्नो लोकप्रिय नोट सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन रेड्मी नोट १५ नेपाली बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक एआई फिचर, शक्तिशाली ६,००० एमएएच ब्याट्री र 'टाइटन ड्युराबिलिटी' अवधारणामा आधारित यो फोन प्रविधि प्रेमीहरूका लागि एक उत्कृष्ट प्याकेजको रूपमा आएको हो ।

विशेष गरी प्रविधिमा रुचि राख्नेहरूका लागि यो फोनमा गुगलको जेमनाई र सर्कल टु सर्च (Circle to Search) जस्ता अत्याधुनिक एआई सुविधाहरू समावेश गरिएको छ । यसका साथै फोटोग्राफीलाई सहज बनाउन एआई इरेज, एआई रिमुभ रिफ्लेक्सन र एआई बुके जस्ता फिचरहरू पनि यसमा उपलब्ध छन् ।

फोनमा ६ एनएम मिडियाटेक हेलियो जी १००-अल्ट्रा (MediaTek Helio G100-Ultra) चिपसेट रहेको छ । जसले २.२ गिगाहर्जसम्मको अक्टा–कोर सीपीयू मार्फत स्मुथ कार्यसम्पादन सुनिश्चित गर्छ । यो फोन साओमीको आफ्नै हाइपर ओएस (HyperOS) मा चल्ने हुँदा प्रयोगकर्ताले छरितो युजर इन्टरफेसको अनुभव पाउनेछन् ।

रेड्मी नोट १५ मा ६.७७ इन्चको एमोलेड डिस्प्ले दिइएको छ । जसमा १२० हर्जको रिफ्रेश रेट र ३,२०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ । आँखाको सुरक्षाका लागि यसमा ३८४० हर्ज पीडब्लूएम डिमिङ प्रयोग गरिएको छ । जसले स्क्रिन फ्लिकर कम गर्छ ।

फोनको मजबुतीका लागि यसमा अल्ट्रा-ड्युरेबल डिस्प्ले ग्लास र बलियो मिड-फ्रेम प्रयोग गरिएको छ । जसले गर्दा १.८ मिटर उचाइबाट खस्दा पनि फोन सुरक्षित रहने दाबी कम्पनीले गरेको छ । साथै, आईपी ६४ डस्ट तथा वाटर रेसिस्टेन्स र वेट टच टेक्नोलोजी २.० ले गर्दा हात भिजेको अवस्थामा पनि डिस्प्लेले सही रूपमा काम गर्छ ।

यसमा १०८ एमपीको मुख्य क्यामेरा र ३X अप्टिकल टेलिफोटो क्यामेरा रहेको छ । जसले टाढाका दृश्यहरूलाई पनि स्पष्ट रूपमा कैद गर्न सक्छ । सेल्फीका लागि २० एमपीको फ्रन्ट क्यामेरा दिइएको छ । अडियो अनुभवलाई उत्कृष्ट बनाउन यसमा डुअल स्पिकर, ३००% भोलुम बुस्ट र डल्बी एटम्सको सपोर्ट रहेको छ ।

यो स्मार्टफोनमा ६,००० एमएएचको ब्याट्री राखिएको छ । एक पटक फुल चार्ज गर्दा यसले २४ घण्टा भिडिओ प्लेब्याक वा दुई दिनसम्मको सामान्य प्रयोग धान्न सक्छ । यसमा ३३ वाटको टर्बो चार्जिङ र अन्य उपकरण चार्ज गर्नका लागि १८ वाटको रिभर्स चार्जिङ सुविधा समेत उपलब्ध छ ।

स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्यलाई रियल-टाइम व्यवस्थापन गर्ने हुँदा ६ वर्षभन्दा बढी समयसम्म ब्याट्रीको कार्यक्षमता टिकिरहने कम्पनीको दाबी छ ।

मूल्य र उपलब्धता

यो फोन ग्लेसियर ब्लु, पर्पल, फरेस्ट ग्रिन र ब्ल्याक गरी चार आकर्षक रङमा उपलब्ध छ । जसमा ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य २९,९९९ रुपैयाँ र ८ जीबी + २५५ जीबीको ३५,९९९ रुपैयाँ तोकिएको छ ।

यो स्मार्टफोन टेलिडाइरेक्ट प्रालि र वत्सल इम्पेक्स प्रालि अन्तर्गत नेपालभर रहेका आधिकारिक डिलरहरूमार्फत खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८२ १९:२३