close

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइलक’ नेपाली बजारमा, सुरुवाती मूल्य ४५.९० लाख

टेकपाना टेकपाना

माघ २८, २०८२ ११:१६

स्कोडाको नयाँ कम्प्याक्ट एसयूभी ‘काइलक’ नेपाली बजारमा, सुरुवाती मूल्य ४५.९० लाख

काठमाडौँ । स्कोडा नेपालले आफ्नो पछिल्लो कम्प्याक्ट एसयूभी ‘काइलक’ आधिकारिक रूपमा नेपाली बजारमा भित्र्याएको छ । नेपालको भौगोलिक अवस्था र सडकको विविधतालाई ध्यानमा राखेर यो सवारी तयार पारिए बताउँदै कम्पनीले सहरका साँघुरा गल्लीदेखि पहाडी कच्ची सडकसम्मका लागि उपयुक्त हुने दाबी गरेको छ ।

स्कोडा काइलकमा टर्बोचार्ज्ड पेट्रोल इन्जिन प्रयोग गरिएको छ, जसले ११५ बीएचपी पावर र १७८ एनएम टर्क प्रदान गर्दछ । यो आफ्नो सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गर्ने गाडीमध्ये एक मानिएको छ । यसको इन्जिनले पहाडी उकालो र कठिन सडकहरूमा सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा स्कोडा काइलकको सुरुवाती मूल्य ४५ लाख ९० हजार रुपैयाँ तोकिएको छ । प्रिमियम फिचर र उच्च प्रदर्शन खोज्ने ग्राहकका लागि ल्याइएको अटोमेटिक भेरियन्टको सुरुवाती मूल्य भने ५२ लाख ९० हजार रुपैयाँ रहेको छ ।

आफ्नो फाइभ स्टार रेटिङको विरासतलाई यसमा पनि निरन्तरता दिएको स्कोडाले जनाएको छ ।नेपालमा सार्वजनिक गर्नुअघि यस गाडीलाई मनाङ, ढोरपाटन र ३,७५६ मिटर उचाइमा रहेको तिन्जुरे जस्ता चुनौतीपूर्ण स्थानहरूमा परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

भारतमा सार्वजनिक भएको पहिलो वर्षमै ५० हजारभन्दा बढी युनिट बिक्री भइसकेको काइलकले 'कार अफ द इयर २०२५' लगायतका विभिन्न अवार्ड जितेको छ ।

 

पछिल्लो अध्यावधिक: माघ २८, २०८२ ११:१६