close

आफ्नो भ्यालेन्टाइनलाई विशेष महसुस गराउन यसरी बनाउनुहोस् वेबपेज, केही सेकेन्डमै तयार हुने

टेकपाना टेकपाना

फागुन १, २०८२ २१:५३

आफ्नो भ्यालेन्टाइनलाई विशेष महसुस गराउन यसरी बनाउनुहोस् वेबपेज, केही सेकेन्डमै तयार हुने

काठमाडौँ । भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै नेपाली युवा अच्युत चापागाईंले आकर्षक वेबसाइट तयार पारेका छन् । भाइब कोडिङ मार्फत उनले यो प्लेटफर्म तयार पारेका हुन् ।

नेट्लिफाईमा होस्ट गरिएको यो वेबसाइट ‘नेक्स्ट जेएस’ र ‘भाइब कोडिङ’बाट निर्माण गरिएको डेभलपर चापागाईंले बताए ।

यहाँ क्लिक गरेर वेबसाइटमा गएपछि प्रयोगकर्ताले प्रेमी वा प्रेमिका कसका लागि पेज बनाउन खोजेको हो, सो रोज्नुपर्छ । त्यसपछि आफूले चाहेको भाषा (नेपाली वा अङ्ग्रेजी) छनोट गर्न सकिन्छ ।

भाषा छनोट गरेपछि प्रयोगकर्ताले आफ्नो नाम, पार्टनरको नाम र निकनेम (बोलाउने नाम) राख्नुपर्ने हुन्छ । यति विवरण भरेपछि ‘क्रियट माइ भ्यालेन्टाइन पेजेज’ (Create My Valentine Pages) बटनमा ट्याप गर्नुहोस् ।

त्यसपछि कुन विशेष दिनका लागि पेज बनाउने हो, सो विकल्प छान्नुपर्छ । यो सामग्री तयार पार्दासम्म ‘किस डे’ र ‘भ्यालेन्टाइन्स डे’ को विकल्प उपलब्ध छ । भ्यालेन्टाइन्स डेमा ट्याप गरेपछि एउटा लिङ्क खुल्छ । उक्त लिङ्क कपी गरेर तपाईंले आफ्नो पार्टनरलाई पठाउन सक्नुहुन्छ ।

डेभलपर चापागाईंका अनुसार यो समाचार तयार पार्दासम्म २,११५ भन्दा बढीले यस्तो वेबपेज बनाइसकेका छन् । जसमा प्रेमिकाका लागि १,८४६ जनाले र प्रेमीका लागि २६९ जनाले पेज बनाएका छन् । लगइन गरिरहनु नपर्ने र कुनै पनि संवेदनशील व्यक्तिगत जानकारी राख्नु नपर्ने भएकाले यो वेबसाइट सुरक्षित भएको चापागाईंको दाबी छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८२ १३:३६