close

को हुन् अनुहार नै नदेखिने गरी मालाले ढाकिएका यी भाइरल व्यक्ति ?

टेकपाना टेकपाना

फागुन ८, २०८२ १४:१५

को हुन् अनुहार नै नदेखिने गरी मालाले ढाकिएका यी भाइरल व्यक्ति ?

काठमाडौँ । बिहीबारदेखि सामाजिक सञ्जालमा एक व्यक्तिको तस्बिरले चर्चा पाइरहेको छ । टाउकोसम्मै मालाले ढाकिएका ती व्यक्ति को हुन् भन्ने विषयले धेरैको ध्यान तानेको छ ।

तस्बिरमा देखिएका व्यक्ति को हुन् भन्ने विषयमा विभिन्न अड्कलबाजी भइरहेका छन् । कतिपयले नेकपा (एमाले) का नेता एवं प्युठान क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार  सूर्यबहादुर थापा रहेको अनुमान लगाएका छन् ।

पहिचान गर्दा उनी सूर्य थापा नै रहेको पुष्टि भएको छ । शुक्रबार थापा स्वयम्‌ले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उक्त तस्बिर सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, “डाम्रीबासीहरूको भव्य स्वागत– बल्ल बल्ल आँखासम्म देख्न सकें ! नौबहिनी–५, सेरबाङमा चुनावी भेटघाट ।”

पछिल्लो समय थापा आफ्नो चुनावी गतिविधिले चर्चामा छन् । घरदैलोका क्रममा उनी कहिले मतदातासँगै तरकारी केलाइरहेको त कहिले चुलोमा मकै भुटिरहेको अवस्थामा देखिन्छन् । कहिले डोको बुनिरहेका, कहिले घर बनाइरहेका मिस्त्रीलाई सघाइरहेका त कहिले साग काटिरहेका र नाङ्लो ठटाइरहेका तस्बिर/भिडिओहरू थापा आफैँले सामाजिक सञ्जालमा राखेका छन् ।

थापाको यस्तो शैलीलाई केहीले ट्रोल गरेका छन् भने केहीले स्वाभाविक मानेका छन् ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८२ १४:३६