close

मेरो नाममा सामाजिक सञ्जालमा नक्कली पेज खोलिएका छन्, रिपोर्ट गरिदिनुहोला: पत्रकार चापागाईं

टेकपाना टेकपाना

फागुन ११, २०८२ २३:५६

मेरो नाममा सामाजिक सञ्जालमा नक्कली पेज खोलिएका छन्, रिपोर्ट गरिदिनुहोला: पत्रकार चापागाईं

काठमाडौँ । पत्रकार एवं युट्युब कार्यक्रम ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले आफ्नो नाम र तस्बिर दुरुपयोग गरी सामाजिक सञ्जालमा खोलिएका नक्कली पेज तथा ग्रुपहरूबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेकी छन् ।

सोमबार फेसबुकमा एक पोस्ट राख्दै उनले फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा आफ्नो परिचय प्रयोग गरेर भ्रामक सूचना फैलाउने कार्य भइरहेको जानकारी दिइन् ।

चापागाईंका अनुसार धेरै प्रयोगकर्ताहरू ती नक्कली पेज र ग्रुपलाई उनकै आधिकारिक पेज ठानेर झुक्किने गरेका छन् । “झन् अहिले चुनावको मुखमा त्यस्ता पेजहरुबाट भ्रामक सूचना र समाचारहरु पोस्ट भइरहेको रहेछ । कृपया त्यस्ता पेज र ग्रुपहरुलाई रिपोर्ट गरिदिनुहोला,” उनले लेखेकी छन् । 

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई कुनै पनि सामग्री देख्नेबित्तिकै विश्वास नगर्न र सचेत रहन समेत सुझाव दिइन् । “सामाजिक संजालमा तपाईंले देखेका सबै कुरा सत्य हुँदैनन् । कुनै पनि पोस्टलाई लाइक, शेयर र पत्याउनुअघि सोच्नुहोला । ती कृत्रिम हल्ला, मिथ्या खबर र मनगढन्ते प्रचार पनि हुन सक्छन् ।”

 

पछिल्लो अध्यावधिक: फागुन १२, २०८२ १६:५४