close

नागरिक एप र निर्वाचन आयोगको वेबसाइटबाट यसरी फेला पार्नुहोस् भोट हाल्ने ठाउँको लोकेसन

टेकपाना टेकपाना

फागुन १५, २०८२ १६:१६

नागरिक एप र निर्वाचन आयोगको वेबसाइटबाट यसरी फेला पार्नुहोस् भोट हाल्ने ठाउँको लोकेसन

 

काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा तपाईंको मतदान स्थल कुन हो र त्यो कहाँ पर्छ भन्ने विषयमा द्विविधा हुन सक्छ । यस्तो अन्योल चिर्न मतदाताले दुई ओटा सरल माध्यमबाट आफ्नो मतदान केन्द्र र लोकेसन पत्ता लगाउन सक्छन् ।

यसका लागि पहिलो विकल्प नागरिक एप र दोस्रो निर्वाचन आयोगको आधिकारिक वेबसाइट हो । यदि तपाईंले नागरिक एपमा अकाउन्ट बनाउनुभएको छ भने एपमार्फत नै आफ्नो मतदान स्थलको जानकारी लिन सक्नुहुन्छ । तर, नागरिक एपमा अकाउन्ट नभएका मतदाताले पनि निर्वाचन आयोगको आधिकारिक वेबसाइट प्रयोग गरेर आफूले भोट हाल्ने ठाउँ र त्यसको लोकेसन सहजै पत्ता लगाउन सक्नेछन् ।

नागरिक एपमा कसरी लोकेसन थाहा पाउने ?

  • सबैभन्दा पहिले नागरिक एप खोल्नुहोस् । 

  • त्यसपछि मतदाता परिचय-पत्र (Voter ID) को अप्सन छान्नुहोस् ।

  • अनि ‘नक्सामा मतदान केन्द्र हेर्नुहोस्’ (View Polling Center in Map) को अप्सनमा जानुहोस् । 

  • यति गर्नासाथ गुगल वा एप्पल म्याप्समा तपाईंको मतदान स्थलको लोकेसन को-अर्डिनेटमा देखिन्छ । गुगल म्याप्समा मतदान स्थलको नाम सूचीकृत छैन भने पनि यसले सटीक लोकेसन फेला पारिदिन्छ । 

वेबसाइटबाट कसरी फेला पार्ने ?

  • सबैभन्दा पहिले यहाँ क्लिक गरेर ‘मतदाता नामावली’को पेजमा जानुहोस् । 

  • त्यसपछि आफ्नो प्रदेश, जिल्ला, गाउपालिका/नगरपालिका, वडा नम्बर, मतदान केन्द्र आदि छान्नुहोस् । र, त्यहाँभित्र नाम भएको यकिन गर्नुहोस् ।

यदि नाम भएको पाउनु भयो भने त्यही लोकेसन विभिन्न म्याप एपमा राखेर हेर्न सक्नुहुन्छ । तर, योभन्दा प्रभावकारी तरिका नागरिक एपकै फिचर हो । 

पछिल्लो अध्यावधिक: फागुन १५, २०८२ १६:१६