मोरङ-६, डोल्पा र अछाममा उम्मेदवारी फिर्ता लिएको छैन, अफवाह फैलाइयो: उज्यालो नेपाल पार्टी
फागुन १८, २०८२ १५:४३
काठमाडौँ । उज्यालो नेपाल पार्टीले केही निर्वाचन क्षेत्रहरूमा आफ्नो पार्टीले उम्मेदवारी फिर्ता लिएको भनी सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा फैलिएको सामग्रीको खण्डन गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले मोरङ-६, डोल्पा र अछाम लगायतका क्षेत्रमा उम्मेदवारी छोडेको भन्ने सूचना गलत भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, "आसन्न प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीले आधिकारिक निर्णय गरी उम्मेदवारी फिर्ता गराउने कुनै पनि निर्णय गरेको छैन ।"
निर्वाचनको मुखमा मतदातालाई अन्योलमा पार्ने गरी आएका यस्ता तथ्यहीन समाचारको पछि नलाग्न पार्टीले शुभेच्छुक तथा मतदाताहरूलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८२ १६:४२
