आशिका तामाङले भन्छिन्- केही मिडिया हाउस म विरुद्ध लागे, कानुनी उपचार खोजिसकेँ
फागुन २०, २०८२ १४:७
काठमाडौँ । भोलि २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार रहेकी आशिका तामाङले आफू विरुद्ध केही मिडिया हाउसहरू लागेको आरोप लगाएकी छिन् । बुधबार फेसबुकमा एक पोस्ट राख्दै उनले निर्वाचनको अन्तिम घडीमा केही मिडिया हाउसहरूले आशिका तामाङको उम्मेदवारी खारेज भयो भन्दै फैलाएको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएकी हुन् ।
"म स्पष्ट पार्न चाहन्छु, उक्त समाचारमा कुनै सत्यता छैन । मेरो उम्मेदवारी कायमै छ । मलाई बारम्बार 'विदेशी' भन्दै लगाइएका आरोपहरू निराधार छन्," उनले भनिन्, "यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ । अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानुनी उपचार खोजिसकेकी छु ।"
उनले कुनै पनि भ्रममा नपरी ढुक्क भएर मतदान गर्न मतदातालाई आह्वान गरेकी छिन् ।
पछिल्लो अध्यावधिक: फागुन २०, २०८२ १४:१५
