close

इसेवा वा फोनपेबाट श्री एयरलाइन्सको टिकेट काट्दा १००० सम्म क्याशब्याकसँगै नि:शुल्क हवाई टिकट जित्ने मौका

टेकपाना टेकपाना

चैत १२, २०८२ १२:०

इसेवा वा फोनपेबाट श्री एयरलाइन्सको टिकेट काट्दा १००० सम्म क्याशब्याकसँगै नि:शुल्क हवाई टिकट जित्ने मौका

काठमाडौँ । डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्स र श्री एयरलाइन्सबिच हवाई यात्रुहरूलाई लक्षित गर्दै साझेदारी भएको छ । यसअन्तर्गत यात्रुहरूले क्याशब्याक अफरका साथै निःशुल्क उडान टिकट जित्ने अवसर प्राप्त गर्ने भएका छन् ।

साझेदारी अनुसार प्रयोगकर्ताले श्री एयरलाइन्सको हवाई टिकट बुकिङ गर्दा ५०० देखि १,००० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सक्नेछन् । क्याशब्याकसँगै कम्पनीले १५ जना भाग्यशाली विजेताहरूका लागि 'लक्की ड्र' को समेत व्यवस्था गरेको छ । लक्की ड्रमार्फत छानिएका विजेताले काठमाडौँ-पोखरा वा पोखरा-काठमाडौँ रुटको उडान टिकट निःशुल्क पाउनेछन् ।

फोनपोइन्ट्सका अनुसार विजेताहरू प्रत्येक दिन चयन गरिनेछ, जसले प्रयोगकर्ताहरूलाई दैनिक रूपमा निःशुल्क यात्रा जित्ने मौका प्रदान गर्नेछ ।

यसरी सहभागी हुन सकिनेछ

अफरमा सहभागी हुन यात्रुहरूले फोनपोइन्ट्स, इसेवा वा फोनपे एप प्रयोग गर्न सक्नेछन् । यद्यपि, अफर रिडिम गर्न र यसको पूर्ण लाभ लिनका लागि अनिवार्य रूपमा फोनपोइन्ट्स एप नै प्रयोग गर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ ।

फोनपोइन्ट्सका हेड अफ बिजनेस एन्ड मार्केटिङ प्रफुल्ल रिजालका अनुसार, प्रयोगकर्ताले पहिले फोनपोइन्ट्स एपमार्फत यो स्किम रिडिम गर्नुपर्ने हुन्छ । त्यसपश्चात् प्राप्त भएको कोड नम्बर प्रयोग गरी इसेवाबाट टिकट काट्दा क्याशब्याक र लक्की ड्रमा सहभागी हुन पाइनेछ ।

यस अफरसम्बन्धी थप विस्तृत जानकारी र सर्तहरूका लागि फोनपोइन्ट्सको आधिकारिक ब्लग भिजिट गर्न सकिने छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८२ १२:०