close

इन्धन संकट: सम्भव भएसम्म कार्यालयको काम घरबाटै गर्न तथा ईभी प्रयोग बढाउन सरकारको आह्वान

टेकपाना टेकपाना

चैत २४, २०८२ १६:३१

इन्धन संकट: सम्भव भएसम्म कार्यालयको काम घरबाटै गर्न तथा ईभी प्रयोग बढाउन सरकारको आह्वान

काठमाडौँ । बढ्दो इन्धन खपत र यसले अर्थतन्त्रमा पारेको दबाब कम गर्न सरकारले आम सर्वसाधारणलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न र विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले इन्धनको खपत घटाउन वैकल्पिक उपाय अपनाउने नीति लिएको जानकारी दिइन् । उनले भनिन्, “बढ्दो इन्धन समस्यासँग जुध्न सरकारले जनतालाई सम्भव भएसम्म घरबाटै काम गर्न र विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन आह्वान गर्दछ ।”

मन्त्री रावलका अनुसार सरकारले दीर्घकालीन रूपमै विद्युतीय सवारीमा रूपान्तरण हुनका लागि आवश्यक कानुनी व्यवस्था समेत अगाडि बढाएको छ । “दीर्घकालीन रूपमा विद्युतीय गाडीको रूपान्तरणको कानुनी व्यवस्था अगाडि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ,” रावलले भनिन्, “ईभी पूर्वाधार विकास र विस्तारमा सरकार प्रतिबद्ध छ ।”

पछिल्लो अध्यावधिक: चैत २४, २०८२ १६:३९