close

१५ मिनेटमै ५०% चार्ज हुने ईभी दिपल S05, लामो यात्रा सहज बनाउन ५१० किमिसम्मको रेन्ज

टेकपाना टेकपाना

चैत २९, २०८२ १३:३७

१५ मिनेटमै ५०% चार्ज हुने ईभी दिपल S05, लामो यात्रा सहज बनाउन ५१० किमिसम्मको रेन्ज

काठमाडौँ । नेपालको विद्युतीय सवारी (ईभी) बजारमा हालैका दिनहरूमा एउटा नयाँ मोडेलले निकै चर्चा कमाइरहेको छ । नेपालका लागि चाङ्गन (Changan) ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि (MAW Vriddhi) ले बजारमा ल्याएको दिपल S05 (Deepal S05) ले आफूलाई एक मजबुत र सन्तुलित इलेक्ट्रिक एसयूभीका रूपमा स्थापित गरेको छ । दिनप्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली बजारमा यसले आफ्नो प्रिमियम उपस्थिति र अत्याधुनिक प्रविधिका कारण नयाँ लहर सिर्जना गरिरहेको छ ।

दिपल S05 को बाहिरी बनोटले पहिलो हेराइमै जो कोहीलाई आकर्षित गर्छ । यसको फ्युचरिस्टिक लुक र उत्कृष्ट एरोडायनामिक इन्जिनियरिङका लागि यसले युरोपको प्रतिष्ठित आईएफ डिजाइन अवार्ड २०२५ (iF Design Award 2025) प्राप्त गरिसकेको छ । नेपालमा उपलब्ध एसयूभी सेग्मेन्टमध्ये सबैभन्दा कम एरोडायनामिक ड्र्याग प्रदान गर्ने सवारीको रूपमा यसले आफूलाई उभ्याएको छ । यसका फ्रेमलेस डोर (Frameless doors), हिडन फ्लस ह्यान्डल (Hidden flush handles), कुप-जस्तै रुफलाइन (Coupe-like roofline) र स्टार-फेदर एलईडी टेललाइटले यसलाई सडकमा अन्य सवारीभन्दा भिन्न र प्रिमियम पहिचान दिन्छ ।

गाडीको भित्री भाग अर्थात् क्याबिन झनै प्रभावशाली र विलासी छ । यसको ड्याशबोर्डमा स्न्यापड्रयागन चिपद्वारा सञ्चालित १५.६ इन्चको घुम्ने २.५के (2.5K) इन्फोटेनमेन्ट डिस्प्ले रहेको छ । यो प्रणालीले स्पोटीफाई, युट्युबका साथै वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्लेलाई समेत सपोर्ट गर्दछ ।

आरामको मामलामा पनि यो गाडी निकै अगाडि छ । यसका अगाडिका दुवै सिटहरू भेन्टिलेटेड र हिटेड छन् । विशेष गरी 'क्विन को-पाइलट सिट' (Queen Co-pilot seat) मा जिरो ग्राभिटी मोड, लेग सपोर्ट र वन-टच न्याप मोडजस्ता सुविधाहरू उपलब्ध छन् । क्याबिनको वातावरणलाई अझ आकर्षक बनाउन ६४ रङको एम्बियन्ट लाइटिङ र १४-स्पिकर भएको स्काई सराउन्ड साउन्ड सिस्टम राखिएको छ । जसले दैनिक यात्रा र लामो दूरीको ड्राइभ दुवैलाई रमाइलो बनाउँछ ।

दिपल S05 ले सुरक्षाको मामिलामा समेत नेपालमा नयाँ मापदण्ड स्थापित गरेको छ । यसमा १९ वटा सुरक्षा फङ्सनसहितको ADAS 2.0 प्रविधि जडान गरिएको छ । साथै रिमोट इन एण्ड आउट पार्किङ र अग्मेन्टेड रियालिटी हेड-अप डिस्प्ले (AR-HUD) जस्ता अत्याधुनिक सुविधाहरू यस सेग्मेन्टमा पहिले विरलै देखिएका थिए । यी प्रविधिहरूले काठमाडौँको बाक्लो ट्राफिक र नेपालका घुमाउरा पहाडी सडकहरूमा पनि ड्राइभिङलाई सुरक्षित, सहज र आत्मविश्वासी बनाउन मद्दत गर्दछन् ।

पर्फर्मेन्सको कुरा गर्नुपर्दा S05 मा १७५ किलोवाटको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर र ५६.१ किलोवाट आवरको सीएटीए गोल्डेन शिल्ड ब्याट्री २.० (CATL Golden Shield Battery 2.0) को शक्तिशाली संयोजन छ । यसले एक पटकको फुल चार्जमा अधिकतम ५१० किलोमिटरसम्मको रेन्ज दिन्छ र मात्र ७.३ सेकेन्डमा ० देखि १०० किमि प्रतिघण्टाको गति हासिल गर्न सक्छ ।

यो गाडीलाई ५० प्रतिशत चार्ज गर्न फास्ट चार्ज गर्न अर्थात् ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केवल १५ मिनेट मात्र लाग्छ । जुन लामो यात्रा गर्नेहरूका लागि निकै ठुलो राहतको विषय हो । थप रूपमा भन्नुपर्दा यसमा रहेको ६ किलोवाटको भेहिकल-टु-लोड (V2L) सुविधाले बाहिरी विद्युतीय उपकरणहरूलाई समेत पावर सप्लाइ गर्न सक्छ, जसले यसलाई प्रयोगात्मक रूपमा अझ उपयोगी बनाएको छ ।

दिपल S05 केवल एउटा नयाँ विद्युतीय सवारी मात्र नभई, यसले नेपाली ग्राहकहरूले कम्प्याक्ट इलेक्ट्रिक एसयूभूबाट गर्ने अपेक्षालाई नै परिवर्तन गरिदिएको छ । एमएडब्लू वृद्धिले भित्र्याएको यो गाडीले सिर्जना गरेको नयाँ लहरले भविष्यमा नेपालको इभी बजारलाई अझ एड्भान्स र प्रतिस्पर्धी बनाउँदै लाने निश्चित छ ।

(प्रस्तुत सामग्री कम्पनीसँगको सहकार्यमा तयार पारिएको हो । यसमा उल्लिखित स्पेसिफिकेसन टेकपानाले स्वतन्त्र रूपमा पुष्टि गरेको नभई कम्पनीको दाबीमा आधारित छन् ।)

पछिल्लो अध्यावधिक: चैत २९, २०८२ १३:३७