close

पोको एक्स-८ सिरिज अन्तर्गत नयाँ २ स्मार्टफोन सार्वजनिक, कति छ मूल्य अनि कस्ता छन् फिचर ?

टेकपाना टेकपाना

बैशाख २, २०८३ १५:३

पोको एक्स-८ सिरिज अन्तर्गत नयाँ २ स्मार्टफोन सार्वजनिक, कति छ मूल्य अनि कस्ता छन् फिचर ?

काठमाडौँ । पोको एक्स-८ सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन पोको एक्स-८ प्रो फाइभजी र एक्स-८ प्रो म्याक्स फाइभजी नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले यो नयाँ सिरिज नेपालमा सार्वजनिक गरेको हो ।

पोको एक्स-८ प्रो फाइभजीमा फ्ल्यागशिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ । जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्ने कम्पनीको दाबी छ । यसमा ६५००mAh पावरको ब्याट्री, १०० वाट हाइपरचार्ज र २७ वाट रिभर्स चार्जिङ सुविधा उपलब्ध छ।

यसमा ५० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रावाइड क्यामेरा र २० एमपीको फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडिओ बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिने बताइएको छ । डिस्प्लेको कुरा गर्नुपर्दा यो फोनमा ६.५९ इन्चको १.५ के रिजोलुसनसहित १२० हर्ज अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन छ । जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ । यसबाहेक पोको एक्स-८ प्रो फाइभजीमा आईपी-६८ रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।

त्यस्तै पोको एक्स-८ प्रो म्याक्स फाइभजीमा फ्ल्यागशिप डाइमेन्सिटी ९५००एस चिपसेट जडान गरिएको छ । यसमा ८५०० एमएएच क्षमताको शक्तिशाली ब्याट्री, १०० वाट हाइपरचार्ज, २७ वाट रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ । यो स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२० हर्ज अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेकोछ ।

यो फोनमा ५० एमपी मुख्य क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २० एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा पनि आईपी-६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्दछ ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र नभई यो फोन हरेक कुरामा उत्कृष्टता खोज्नेहरूका लागि डिजाइन गरिएको बताए । "यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागशिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ," उनले भने, "डुअल-लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा यसबाट उच्चस्तरको तस्विर खिच्न सकिनेछ ।”

पोको एक्स-८ प्रो फाइभजी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी+२५६ जीबी भेरियन्टको बजार मूल्य ६३,९९९ रुपैयाँ तोकिएको छ भने १२+५१२ जीबीको मूल्य ७३,९९९ रुपैयांँ छ । यी दुवै भेरियन्ट कालो, हरियो र सेतो रङमा उपलब्ध छन् ।

त्यसैगरी  एक्स-८ प्रो म्याक्स फाइभजी १२+२५६ जीबीको मूल्य ७९,९९९ र १२+५१२ जीबीको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ । यी दुवै भेरियन्ट निलो, कालो र सेतो रङमा उपलब्ध छन् ।

ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको ईएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको छ । यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८३ १५:३