close

आईफोन १८ प्रो सिरिजका कलरहरू लिक, ‘डार्क चेरी’ बन्नेछ नयाँ मुख्य आकर्षण

टेकपाना टेकपाना

बैशाख ५, २०८३ ८:२३

आईफोन १८ प्रो सिरिजका कलरहरू लिक, ‘डार्क चेरी’ बन्नेछ नयाँ मुख्य आकर्षण

 

काठमाडौँ । एप्पलले सन् २०२६ मा सार्वजनिक गर्ने तयारी गरेको आईफोन १८ प्रो सिरिजका कलर र डिजाइनसम्बन्धी विवरण बाहिरिएका छन् । म्याकवर्ल्डको एक रिपोर्ट अनुसार, आगामी आईफोन १८ प्रो र १८ प्रो म्याक्स चार नयाँ र परिष्कृत रंगहरूमा उपलब्ध हुनेछन् ।

प्रो मोडेलहरूका लागि ‘डार्क चेरी’ लाई मुख्य आकर्षक रंग अर्थात् हिरो कलरको रूपमा प्रस्तुत गरिने दाबी गरिएको छ । रेड वाइन जस्तो देखिने यो गहिरो रातो रंगले आईफोन १७ प्रो सिरिजको कस्मिक ओरेन्जलाई विस्थापित गर्नेछ ।

सप्लाई चेनका स्रोतहरूका अनुसार एप्पलले आन्तरिक रूपमा लाइट ब्लु (Pantone 2121), डार्क ग्रे (Pantone 426C) र सिल्भर (Pantone 427C) कलरहरूमा काम गरिरहेको छ । जसमध्ये ‘लाइट ब्लु’ आईफोन १७ को मिस्ट ब्लु सँग मिल्दोजुल्दो हुने बताइएको छ भने ‘डार्क ग्रे’ लगभग कालो रङको नजिक हुनेछ ।

डिजाइनतर्फ आईफोन १८ प्रो सिरिजमा डाइनामिक आइल्याण्डको आकार अझ सानो बनाइनेछ, जसले स्क्रिनको खाली भागलाई बढाउनेछ । साथै, पछाडिको क्यामेरा बम्प र ग्लासबिचको ग्यापलाई पनि कम गरी फोनलाई अझ व्यवस्थित देखाइने रिपोर्टमा उल्लेख छ ।

एप्पलले यी नयाँ मोडेलहरू सन् २०२६ को सेप्टेम्बरमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यद्यपि, ठुलो मात्रामा उत्पादन सुरु नभइसकेकाले अन्तिम समयमा रंग र डिजाइनमा केही फेरबदल हुन सक्ने प्राविधिक विश्लेषकहरू बताउँछन् ।

आईफोन १८ सिरिजसँगै एप्पलले पहिलो पटक फोल्डेबल आईफोन पनि सार्वजनिक गर्ने तयारी गरेको छ, जसलाई आईफोन अल्ट्रा नाम दिइने सम्भावना छ । खुल्दा खेरि आईप्याड मिनी जस्तो देखिने यो डिभाइस केवल ४.७ मिलिमिटर पातलो हुने दाबी गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ ८:२३