काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको आधिकारिक फेसबुक प्रोफाइलमा १० लाख फलोअर पुगेका छन् । युजरनेम ‘sudangrghaminepal’ भएको उनको प्रोफाइलले शुक्रबार यो आँकडा पार गरेको हो ।
वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा गृहमन्त्री बनेपछि उनको अकाउन्टमा तीव्र रुपमा फलोअर थपिएका हुन् ।
पूर्व डीजे तथा जेनजी आन्दोलनका प्रमुख अनुहारका रूपमा चिनिएका गुरुङ गत १३ चैतमा गृहमन्त्री नियुक्त भएका थिए । नियुक्तिको केही दिनमै उनको ‘एक्सन मन्त्री’ छवि बनेको छ ।
उनले आफ्ना गतिविधि फेसबुक, इन्स्टाग्राम लगायतमा राख्दै आएका छन् । साथै सामाजिक सञ्जालमा उनका पुराना भिडिओ क्लिप समेत भाइरल हुने गरेका छन् ।
पछिल्लो अध्यावधिक: बैशाख ५, २०८३ १०:८
