काठमाडौँ । सरकारले वनको संरक्षण तथा निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग गर्ने योजना ल्याएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै डढेलो व्यवस्थापन, वन अतिक्रमण तथा अवैध क्रियाकलापको निगरानी रियल-टाइममा गरिने बताएका हुन् ।
यसका लागि ड्रोन र स्याटलाइट जस्ता आधुनिक प्रविधिको प्रयोग गरिने उनले जानकारी दिए । राष्ट्रपति पौडेलले भने, “ड्रोन र स्याटलाइट जस्ता आधुनिक प्रविधिको प्रयोग मार्फत डँढेलो व्यवस्थापन, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइममा निगरानी गरिने छ ।”
यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गा प्राप्ति, वनसम्बन्धी अनुमति प्रक्रियालाई ईपोर्टलमार्फत सरलीकरण गर्ने समेत योजना अघि सारिएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:२१
