close

पर्यटक भिसा पूर्ण रूपमा अनलाइन हुने, अन्तर्राष्ट्रिय विमानस्थलमा 'ई-गेट' निर्माण गरिने

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १७:२६

पर्यटक भिसा पूर्ण रूपमा अनलाइन हुने, अन्तर्राष्ट्रिय विमानस्थलमा 'ई-गेट' निर्माण गरिने

काठमाडौँ । सरकारले पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गर्ने भएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय विमानस्थलमा 'ई-गेट' निर्माण गरी यात्रुहरूको सुविधा बढाउने जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले भने, “पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिनेछ । अन्तर्राष्ट्रिय विमानस्थलमा ई-गेट निर्माण गरी यात्रुको प्रतीक्षा समय घटाइनेछ ।”

उनले अगाडि भने, "अध्यागमन विन्दुबाट पर्यटकिय अनुमति र सेवाहरूलाई एकीकृत गर्ने एकद्वार डिजिटल पर्यटन प्रणाली लागु गरिनेछ । पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई आधुनिक प्रणालीसँग जोडिनेछ ।"

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:२६