close

नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा दिइने

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १७:४२

नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा दिइने

काठमाडौँ । सरकारले नागरिक एपमार्फत कृषि, यातायात, पर्यटन र उड्डयन क्षेत्रमा पूर्वचेतावनी सेवा विस्तार गर्ने भएको छ ।

सोमबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको छ ।

साथै, जल तथा मौसमसम्बन्धी तथ्याङ्कलाई डिजिटल प्लेटफर्ममा एकीकृत गरी विपद् सम्बन्धी पूर्वसूचना प्रणाली विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १७:४२