close

एआई र डिजिटल प्रविधिबाट ज्ञानमा आधारित अर्थतन्त्र प्रवर्द्धन गर्ने सरकारको योजना

टेकपाना टेकपाना

बैशाख २८, २०८३ १९:२२

एआई र डिजिटल प्रविधिबाट ज्ञानमा आधारित अर्थतन्त्र प्रवर्द्धन गर्ने सरकारको योजना

काठमाडौँ । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स, डेटा र डिजिटल प्रविधिको प्रयोगमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको विकास गर्ने योजना ल्याएको छ । सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गर्ने योजना उल्लेख छ ।

“डिजिटल सुशासन ब्लुप्रिन्ट अनुरूप राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी-क्लाउड र डेटा नीति कार्यान्वयनको केन्द्रीय समन्वय गरिनेछ," न‍ीति तथा कार्यक्रममा भनिएको छ, "राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डेटा नीति, अन्तरसञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गरिनेछ । डेटा, कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोगसहित नवप्रवर्तन र स्टार्टअप प्रवर्द्धन गर्दै ज्ञानमा आधारित अर्थतन्त्रको प्रवर्द्धन गरिनेछ ।”

 

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८३ १९:४२