close

कालोसूचीमा परेका निर्माण व्यवसायी र कम्पनीका लागि सरकारले ल्यायो छुट्टै वेबसाइट

टेकपाना टेकपाना

बैशाख ३१, २०८३ १६:१०

कालोसूचीमा परेका निर्माण व्यवसायी र कम्पनीका लागि सरकारले ल्यायो छुट्टै वेबसाइट

काठमाडौँ । सरकारले सार्वजनिक खरिद प्रक्रियामा कालोसूचीमा परेका ठेकेदार, निर्माण व्यवसायी तथा परामर्शदाताहरूको विवरण राख्न छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ पोर्टल सञ्चालनको जानकारी दिएको हो ।

अबदेखि कालोसूचीमा परेका र कालोसूचीबाट फुकुवा भएका कम्पनीहरूको सम्पूर्ण विवरण blacklist.ppmo.gov.np मा हेर्न सकिनेछ । यसअघि यस्तो विवरण कार्यालयको मुख्य वेबसाइटमा नै राख्ने गरिएको थियो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४३ बमोजिम बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिर्ता वा निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राख्ने गरिन्छ । कार्यालयका प्रवक्ता एवं सहसचिव रामप्रसाद आचार्यका अनुसार सूचना प्रणालीलाई व्यवस्थित र अद्यावधिक बनाउन छुट्टै वेबसाइट सञ्चालनमा ल्याइएको हो ।

नयाँ पोर्टलमा कालोसूचीमा परेका व्यक्तिको नाम, फर्म वा संस्थाको विवरण, कालोसूचीमा पर्नुको कारण र अवधिसँगै फुकुवा भएकाहरूको जानकारी समेत उपलब्ध हुनेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८३ १६:१०