close

एनसेलको रिचार्जमा हरेक हप्ता ५ जनालाई २ लाख, महिनामा एक जनालाई १० लाख नगद

टेकपाना टेकपाना

मंसिर १०, २०७६ ८:४१

एनसेलको रिचार्जमा हरेक हप्ता ५ जनालाई २ लाख, महिनामा एक जनालाई १० लाख नगद

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ सार्वजनिक गरेको छ । कम्पनीले एक टेलिभिजन कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली घोषणा गर्दै नयाँ योजना सार्वजनिक गरेको हो ।

घोषणा गरिएका प्रत्येक कोड नम्बर भएका ग्राहकले प्रतिव्यक्ति २ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । कम्पनीले आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत सस्पेन्सको रुपमा १ मंसिर देखि ‘रिचार्जमा चमत्कार’ अफर सुरु गरेको थियो । यो योजना अन्तर्गत भाग्यशाली ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ र प्रत्येक महिना १० लाख रुपैयाँ जित्ने मौका पाउनेछन् ।

त्यसैअनुसार मंसिरको पहिलो साताका विजेता ग्राहकलाई एनसेलले आउँदो शुक्रबारभित्र पुरस्कार रकम हस्तान्तरण गर्ने जानकरी दिएको छ । हप्तामा एक सय रुपैयाँ वा त्यसभन्दा बढिको रिचार्ज गर्ने एनसेलका प्रिपेड तथा पोष्टपेड सेवाका सबै ग्राहकहरु स्वतः रुपमा एनसेलको रिचार्जमा चमत्कार योजनाको साप्ताहिक वा मासिक नगद पुरस्कारमा भाग लिन पाउनेछन् ।

आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा साताका विजेता तथा प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको भाग्यशाली ग्राहकको पनि घोषणा गरिने कम्पनीले जनाएको छ । एसेलका ग्राहकले प्रत्येक एक सय रुपैयाँको रिचार्ज बराबर एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् ।

उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गरेमा उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्नेछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् । यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ताको सोमबार साँझ साढे ६ बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१