close

नयाँ फिचरका साथ दशौं वार्षिकोत्सव मनाउँदै फेसबुक म्यासेन्जर

टेकपाना टेकपाना

भदौ १०, २०७८ १४:५६

नयाँ फिचरका साथ दशौं वार्षिकोत्सव मनाउँदै फेसबुक म्यासेन्जर

काठमाडौं । हामीमध्ये अधिकांश फेसबुक र त्यसको मुख्य म्यासेजिङ सेवा ‘म्यासेन्जर’ सँग जोडिएका छौं । म्यासेन्जरले आफ्नो यात्रा फेसबुकको म्यासेजिङ उपकरणबाट सुरु गरेको थियो । हुन त आज यसकाे नाम पनि ‘फेसबुक म्यासेन्जर’ नै छ । तर, पनि आज म्यासेन्जरले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकाे छ ।

आज यो फेसबुक बिना पनि प्रयोग गर्न सकिने भएको छ, जसका प्रयोगकर्ता अर्बाैं छन् । अर्बौं प्रयोगकर्ताले रूचाएकाे फेसबुक म्यासेन्जर एपले यो महिना आफ्नो दशाैं वार्षिकाेत्सव मनाएको छ ।

फेसबकुले याे अवसरमा विभिन्न फिचरसमेत उपलब्ध गराएको छ । त्यसमध्ये म्यासेन्जर एपमा उपलब्ध भएको सबैभन्दा नयाँ फिचर भनेको ‘पोल गेम’ हो ।

हुन त यो फिचर त्यति प्रभावकारी छैन । तर, ग्रुप च्याट गर्दा भने, साथिभाइसँग पोल क्रिएट गरेर जवाफ लिन सक्नुहुनेछ । के यही हो त फेसबुक म्यासेन्जरको जन्मदिनको उपहार ? तपाईंलाई यस्तो पनि पर्न सक्छ ।

फेसबुकले म्यासेन्जरको वार्षिकाेत्सवमा प्रयोगकर्तालाई लक्षित गर्दै अर्को फिचरसमेत सुरु गरेको छ । उक्त फिचरबाट प्रयोगकर्ताले आफ्ना साथीभाइको जन्मदिनमा पैसा पठाउन सक्नेछन् ।

तर, यो फिचर नेपालमा भने उपलब्ध छैन । फेसबुकले आफ्नै ‘फेसबुक पे’ मार्फत गिफ्ट पठाउने सुविधा प्रयोगकर्तालाई उपलब्ध गराएको हो । यो हुँदा साथीको जन्मदिनमा तपाईंले उपहारको रुपमा सोझै साथीको बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ ।

अर्को भनेको अब प्रयोगकर्ताले म्यासेन्जर कन्ट्याक्ट समेत शेयर गर्न सक्ने भएका छन् । यसअघि कसैलाई कुनै व्यक्तिको जानकारी पठाउनु परेको खण्डमा फेसबुक प्रोफाइलको लिंक पठाउनुपर्ने थियो । तर, अब भने म्यासेन्जरको जानकारी मात्रै पनि पठाउन सकिने भएको छ ।

त्यसका लागि कसको म्यासेन्जर जानकारी पठाउने हो, उक्त नाममा लामो समय क्लिक गरी त्यहाँ आउने शेयर कन्ट्याक्टमा क्लिक गरी सहजै पठाउन सकिने छ ।

यी फिचर फेसबुक म्यासेन्जर प्रयोगतर्कामाझ अबको केही समयपछि उपलब्ध हुनेछ । यसका साथै कम्पनीले म्यासेन्जरको जन्मदिनलाई लक्षित गरेर जन्मदिनका स्टिकरसमेत थप गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१