close

सेना र प्रहरीले महाबीर पुनको आविष्कार केन्द्रसँग सहकार्य गर्ने

टेकपाना टेकपाना

पुस ३, २०७६ १२:३७

सेना र प्रहरीले महाबीर पुनको आविष्कार केन्द्रसँग सहकार्य गर्ने

नेपाल प्रहरी र नेपाली सेनाले महाबीर पुनको नेतृत्वमा स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्ने भएका छन् । बुधबार आविष्कार केन्द्रमै पुगेर दुबै सुरक्षा निकायका अधिकारीहरुले सहकार्यको संभावनाको विषयमा छलफल थालेका हुन् ।

डीआईजी राजिव सुब्बाको नेतृत्वमा नेपाल प्रहरीको सात सदस्यीय प्राविधिक टिम तथा अनुसन्धान तथा विकास निर्देशनालयबाट ब्रिगेडियर जनरल दीपक घलेको नेतृत्वमा तीन जनाको टिम छुट्टा छुट्टै रुपमा राष्ट्रिय आविष्कार केन्द्रमा पुगेको थियो । महाबीर पुनका अनुसार प्रहरीले आविष्कार केन्द्रसँग प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावनाको विषयमा छलफल भएको थियो ।

त्यसैगरी सेनाले शैन्य क्षेत्रमा उपयोगि हुने किसिमको प्रविधि विकासमा आविष्कार केन्द्रसँग सहकार्य गर्न सकिने जानकारी गराएको पुनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१