close

एप्पलले खरिद गर्‍यो प्राइमफोनिक, अब एप्पल म्युजिकमा शास्त्रीय संगीत सुन्न पाइने

टेकपाना टेकपाना

भदौ १५, २०७८ ११:४३

एप्पलले खरिद गर्‍यो प्राइमफोनिक, अब एप्पल म्युजिकमा शास्त्रीय संगीत सुन्न पाइने

काठमाडौं । एप्पलले एप्पल म्युजिकलाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यका साथ क्लासिकल म्युजिक स्ट्रिमिङ सेवाप्रदायक ‘प्राइमफोनिक्स’ खरिद गरेको छ ।

योसँगै अब एप्पल म्युजिकमा शास्त्रीय संगीत विधाका गीतहरु समावेश हुने भएका छन् । जसले प्रयोगकर्तालाई शास्त्रीय संगीतको अनुभवमा नयाँपन प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

यसका साथै कम्पनीले सन् २०२२ मा ‘एप्पल म्युजिक क्लासिकल’ नामक छुट्टै एपसमेत ल्याउने जनाएको छ । एप्पलले खरिद गरेसँगै प्राइमफोनिक्सले नयाँ प्रयोगकर्तालाई एपमा पहुँच बन्द गरेको छ ।

सेप्टेम्बर ७ तारिखदेखि सर्भिससमेत बन्द हुने कम्पनीले जनाएको छ । योसँगै एप्पल म्युजिकमा शास्त्रीय संगीतका लागि जोडिने प्राइमफोनिक्स नै पहिलो कम्पनी भएको छ ।

यसरी प्राइमफोनिक्स एप्पल म्युजिकमा जोडिएसँगै कम्पनीले उत्कृष्ट ब्राउजिङ र सर्च रिजल्टमा समेत काम गर्ने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१